Aamsanchar

बजेट अभावले इलाम बसपार्क निर्माणमा ढिलाइ

Author Image
शनिवार, पौष २३, २०७३

इलाम।

bus-pokhara

इलाम सदरमुकाममा व्यवस्थित बसपार्क निर्माण सुरू भएको पाँचवर्ष बितिसक्दा पनि अझै पूरा हुनसकेको छैन् ।  ट्राफिक जाम व्यवस्थापनस“गै यात्रु र स्थानीयवासीलाई सहज हुने ठानिएको बसपार्क निर्माण थालिए पनि पर्याप्त बजेट विनियोजन नहुँदा सुस्तगतिमा मात्र काम भएको छ ।

आव २०६८÷६९ मा नै निर्माण सुरू भए पनि अपेक्षित बजेट नहु“दा काम ढिलो भएको हो । इनपा– ३ सेरामा निर्माणाधीन बसपार्कको काम पूरा गर्न कुल रु १० करोड लाग्ने अनुमान गरिरएको छ । तर हालसम्म रु चार करोडमात्र निकासा भएको छ ।
सहरी विकास तथा आवास डिभिजन कार्यालयले दुई वर्षमा कामसक्ने लक्ष्य राखेर काम अघि बढाए पनि बजेट अभावले समस्या भएको जनाएको छ । ग्रिन बिल्डिङको अवधारणा अनुसार बसपार्क निर्माण हुने कार्यालयले जनाएको छ । घेराबारा गर्नेसहित एप्रोज र इन्ट्रान्स रोडको काम सकिएको बसपार्कको तल्लो तहको काम भइरहेको छ । पानी व्यवस्थित गर्ने काम पनि यसस“गै सम्पन्न हुने कार्यालयले जनाएको छ ।
‘पर्याप्त बजेट नआएका कारण लक्ष्यअनुसार काम सम्पन्न गर्न नसकिएको हो,’ इन्जिनियर सुवर्ण चौधरीले भन्नुभयो । “निर्माण पूरा भएपछि १८ वटा बस राख्न सकिनेछ” । बसपार्क क्षेत्रमा १२ वटा ट्याक्सी पार्किङ गर्न सकिनेछ । बजारदेखि करिब दुई किलोमिटर टाढा रहेको बसपार्क बजारबासीका लागि अपायक भएको गुनासो छ । ‘नगरपालिकाले समग्र भूगोललाई हेर्नुपर्छ,’ कार्यकारी अधिकृत महेन्द्र खाम्याङले भन्नुभयो, “बजार क्षेत्रमा व्यवस्थित बसपार्क बनाउने ठाउ“ नभएको र बढ्दो सवारी साधनका कारण पनि यो स्थान नै उपयुक्त हो ।’
बजार क्षेत्रमा रहेको हालको बसपार्कलाई ट्याक्सी पार्कको रूपमा प्रयोग गर्ने इलाम नगरपालिकाले जनाएको छ । बसपार्क निर्माण सुरू भएपछि त्यस क्षेत्रमा जग्गाको मूल्य वृद्धि हुनुका साथै धमाधम घर निर्माण हुने क्रमसमेत बढेको स्थानीय महेन्द्र चौहानले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर