Aamsanchar

काँकडभिट्टा गोल्डकपको उपाधि झापा एघारलाई

Author Image
शनिवार, पौष २३, २०७३

काँकडभिट्टा  ।

sports

काँकडभिट्टा मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उपाधि रमपम झापा ११ ले जितेको छ । उपाधिसँगै उसले रु चार लाख एक हजार पुरस्कार जितेको छ ।

काँकडभिट्टा फुटबल प्रशिक्षण केन्द्रको आयोजनमा आज काँकडभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा झापा– ११ ले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । उपविजेता एपिएफले रु दुई लाख एक हजार पुरस्कार पाएको छ ।

खेलको ७७औँ मिनेटमा एपिएफका टोप विष्टले आत्मघाती गोल गरेका थिए । नब्बेऔँ मिनेटमा झापा–११ का तर्फबाट कर्ण लिम्बूले गोल गरेका थिए भने खेलको अन्तिम समयमा लिम्बूले नै अर्को गोल गर्दै आफ्नो टिमलाई ३–० को अग्रता दिलाएका थिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी झापा एघारका योगेश गुरुङ घोषित भए । उहाँले रु २५ हजार पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगिताभर सर्वाधिक गोल गरेका झापा एघारकै कर्ण लिम्बूले रु १५ हजार पुरस्कार पाउनुभयो । ए डिभिजनका खेलाडी सहभागी उक्त प्रतियोगिता पुस १६ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा आठवटा टिम सहभागी थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर