Aamsanchar

संचारमन्त्री कार्कीलाई हटाउँदै प्रचण्ड ?

Author Image
शनिवार, पौष २३, २०७३

काठमाडौँ ।

Ram-Karki-

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका मन्त्रीबीचमै तालमेल मिल्न नसक्दा सूचना तथा सञ्चारमन्त्री राम कार्कीको पद धरापमा परेको छ ।

संचारमन्त्री कार्कीलाई हटाउन पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिएका हुन् । पार्टीको संस्थागत निर्णयविना सरकारी संचारमाध्यममा नियुक्ति दिलाएको आरोप उनीमाथि छ ।

यसैगरी, सरकारी संचारमाध्यमले खुलेआम नेकपा एमाले लगायतका विपक्षी पार्टीलाई फाइदा पुग्ने गरी समाचार दिइरहँदा पनि सरकारका प्रवक्ता समेत रहेका कार्कीले खासै हस्तक्षेपकारी भूमिका नखेलेको आरोप लगाइएको छ ।

‘प्रधानमन्त्री, सरकार तथा पार्टीको बचाउ गर्न नसक्ने मन्त्रीलाई किन सरकारको प्रवक्ता राखिराख्ने भन्दै उनलाई हटाउन दबाब दिइएको हो ।’- माओवादी केन्द्र निकट स्रोतले भन्यो । उनीको कार्यशैलीबाट प्रधानमन्त्री प्रचण्ड समेत आजित भएको स्रोतको दाबी छ ।दैनिक नेपाल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर