Aamsanchar

झापाको युनाइटेड क्लवलाई टुवोर्ग फाल्गुनन्द गोल्डकपको उपाधि

Author Image
आइतवार, पौष २४, २०७३

फिदिम।
foot-1024x680

पाँचथरको फिदिममा सम्पन्न आठौं टुवोर्ग फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगितामा झापाको युनाइटेड क्लवले उपाधि जितेको छ ।

आइतबार भएको फाइन खेलमा डिफेन्डिङ च्याम्प्यिन कर्ण सिंह सोनाम स्मृति क्लव ताप्लेजुङलाई २—१ को गोल अन्तरले पराजित गर्दै युनाइटेडले उपाधि आफनो पोल्टामा पारेको हो ।

खेलमा झापालाई जिताउन खेलको दोस्रो हाफको २६ औं मिनेटमा योगश गुरुङले एक गोल गरेका थिए । जवाफमा ताप्लेजुङका राजिन धिमालले दोस्रो हाफको अन्तिम समयमा एक गोल फर्काएका थिए ।

निर्धारित समयमा खेल बराबर भएपछि थपिएको समयको पहिलो हाफको चौथो मिनेटमा झापाका बुद्ध चेम्जोङले गरेको गोल नै झापाको जितको लागि निर्णायक बन्यो ।

नेपाल, भारत र भुटान गरी १० टिम सहभागी प्रतियोगिताको विजेता झापाले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ । खेलको उपविजेता रहेको ताप्लेजुङले १ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर