विराटनगर ।
नेकपा (एमाले) मोरङको आठौँ जिल्ला अधिवेशन विराटनगरमा सुरु हुने भएको छ । तीन दिनसम्म चल्ने सो अधिवेशनमा ८८२ जना प्रतिनिधिको सहभागिता रहने सो पार्टीद्वारा आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।
यस सम्बन्धमा सो पार्टीका मोरङ जिल्ला अध्यक्ष महेश रेग्मीले अधिवेशनको तयारी पूरा भइसकेको र यसलाई भव्यरुपमा सफल बनाउनका लागि १४ वटा उपसमिति गठन गरिएको जानकारी गराउनुभयो ।
सो पार्टीका अध्यक्ष केपी शर्मा, ओलीले आठौँ अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको सो अवसरमा जानकारी गराइयो । उक्त अधिवेशन सम्पन्न गर्नका लागि अनुमानित रु २५ लाख खर्च हुने र सो रकम पार्टीका २० हजार कार्यकर्ताबाट प्राप्त लेवी र शुभेच्छुकको सहयोगबाट रकम प्राप्त हुने अध्यक्ष रेग्मीले जानकारी गराउनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 110