Aamsanchar

चितुवाको आक्रमणबाट चार घाइते

Author Image
आइतवार, पौष २४, २०७३

भीमदत्तनगर ।tigar-310x165

कञ्चनपुरको भीमदत्तनगरपालिका– १ भाषी गाउँ पसेको चितुवाको आक्रमणबाट एक प्रहरीसहित चार जना स्थानीय बासिन्दा घाइते भएका छन् ।

आज बिहान भाषी खोलामा रहेको चितुवाले आक्रमण गर्दा वडा प्रहरी कार्यालय भीमदत्तनगरका प्रहरी हवल्दार शङ्करदत्त मिश्रसहित घाइते भएका छन् । घाइते हुनेमा भाषीमा डेरा गरी अध्ययन गर्ने गणेश भाट, बेदकोट नगरपालिका– ८ का लाल सार्की र मोहनसिंह विष्ट छन् । घाइते चारै जनाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

‘चितुवा हेर्न गाउँलेको भिड लागेको थियो ।’ घाइते प्रहरी हबल्दार मिश्रले भन्नुभयो–“गाउँलेलाई चितुवा भएकोतिर नजान भन्दै गर्दा चितुवा आएर आक्रमण ग¥यो ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले चितुवा नियन्त्रणका लागि निकुञ्जबाट हात्तीसहितको टोली भाषी पुगेको जानकारी दिनुभयो ।

त्यसका साथै निकुञ्ज कर्मचारी, प्रहरी र स्थानीयवासी चितुवा नियन्त्रणमा लागिपरेको भए पनि अझै नियन्त्रणमा आइसकेको छैन ।

Views: 120

प्रतिक्रिया (०)