Aamsanchar

झापामा मधुमेह रोगीको संख्या बढ्दै

Author Image
सोमवार, पौष २५, २०७३

बिर्तामोड ।madhumeha

झापामा दिनप्रतिदिन मधुमेह रोगीको संख्या बढ्दै गएको पाइएको छ ।
मादक पदार्थ सेवन, सूर्तीजन्य वस्तु प्रयोग, बढी तनाव लिनु, व्ययम नगर्नु, खानपानमा ध्यान नदिनु जस्ता कारणले यस्ता रोगीको संख्या बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।
दक्षिणी झापाको चकचकीमा गरिएको एक सर्वेमा ५० जनाको स्वास्थ्य परीक्षण गर्दा ४६ जनामा यो रोग देखा परेसँगै जिल्लामा मधुमेह रोगीको संख्या बढ्दै गएको बताइन्छ ।
नवज्योति महिला सञ्चालन चकचकीले आयोजना गरेको एकदिने निशुल्क स्वास्थ्य शिविरले ५० जनाले मधुमेह रोगको परीक्षण गराएका थिए । जसमा ४ जनामा मात्र मधुमेह रोगको लक्षण देखा नपरेको समूहकी सचिव सरस्वती राजवंशीले बताइन् ।
शिविरमा १ सय ४ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । जसमा उच्च रक्तचापका रोगी फेला परेको बताइएको छ । शिविरमा ६६ महिलासहित ३८ पुरुषले स्वास्थ्य जाँच गराएका थिए ।
शिविरमा पूर्णटुंग बिर्तासिटी हस्पिटलका फिजिसियन डा. सरद भट्टराईले स्वास्थ्य परीक्षण गराएका थिए । समूहकी अध्यक्ष तारा तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन देवी कटुवालले गरेकी थिइन् ।

Views: 150

प्रतिक्रिया (०)