Aamsanchar

आधारभूत प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न

Author Image
सोमवार, पौष २५, २०७३

[शान्तिराम बस्नेत]
शिवसताक्षी

bal club
आधारभूत प्राथमिक उपचार सम्बन्धी ३ दिवसीय तालिमको एक कार्यक्रमका बीच समापन भएको छ ।
राष्ट्रिय रमणीय आदर्श बाल क्लबको आयोजना तथा सिनियर अनमी टीकामाया दवाडी (बिना), ताप्लेजुङ जन स्वास्थ्य कार्यालयका पुष्कर कट्टेल र खपाङ्गी मेमोरियल अस्पताल (पूर्णसन्), झिलझिलेको प्राविधिक सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, दूधेमा रहेको बालक्लब, जुनियर रेडक्रस सर्कल तथा लागु औषध दुव्यर्सन न्यूनीकरण समितिका करीब २० पदाधिकारीहरुलाई लक्षित गरी सो तालिम सञ्चालन गरिएको थियो ।
प्राथमिक उपचारको परिचय दिंदै विशेषतः विद्यालयमा अध्ययन गर्न आउने स–साना विद्यार्थीहरु विभिन्न तवरले घाइते हुने तथा गाँउघरमा हुने सामान्य तथा गम्भीर प्रकृतिका घटनाहरु हुँदा प्राथमिक उपचार कसरी गर्ने, सम्बन्धित क्षेत्रमा कसरी पु¥याउने, महिलाहरुमा हुने विभिन्न रोगहरुको पहिचान, सर्पदशंका लागि कसरी प्राथमिक उपचार गर्ने तरीका लगायतका विषयमा सहभागीहरुलाई तालिम दिइएको थियो ।
सतासी साप्ताहिक खबर पत्रिकाका कार्यकारी सम्पादक कृष्णचन्द्र सेलिङ (सेलिङ केसी) को प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा प्रशिक्षक पुष्कर कट्टेल, सहभागीका तर्फबाट बाल क्लबका सचिव कुशल नेपाल, सताक्षी प्रेस क्लबका अध्यक्ष छबिलाल दवाडी, सञ्चारकर्मी सरोज भट्टराई लगायतले आफूले तालिममा सिकेका सीपहरुलाई व्यवहारमा उतार्ने तथा बाल क्लबका लागि चाहिने विभिन्न सहयोगका लागि सदैव सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
वि.सं. २०६८ सालमा स्थापित सो बालक्लबले खुल्ला दिसामुक्त क्षेत्र अभियान अन्तर्गत सडक नाटक, विद्यालयका सबै कक्षाकोठाहरुमा स्वच्छ खानेपानीको लागि बायो स्टेण्ड फिल्टरको व्यवस्था, बाल दिवसका अवसर पारेर सचेतनामूलक कार्यक्रम, प्रतिवेदन लेखन सम्बन्धी तालिम, विद्यालयको वार्षिक उत्सवमा विभिन्न कार्यक्रम, देउसी भैलो कार्यक्रम गरी बाल लक्षित कोषको स्थापना तथा चाँडैं नै विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि न्यायो कपडाको व्यवस्था गर्नका लागि सहयोगी हातहरु खोजी रहेको सदस्य दिल बहादुर कार्कीले बताए ।
बाल क्लबकी अध्यक्ष अस्मिता बिष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बालक्लबका संयोजक शिक्षक गोविन्द काफ्लेले गरेका थिए भने उक्त कार्यक्रम दूधे स्रोतकेन्द्रको हलमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 340

प्रतिक्रिया (०)

सम्बन्धित खबर