Aamsanchar

अग्निपीडितलाई थपियो अर्को प्राकृतिक विपत्ति, आफन्तको घरमा शरण लिन बाध्य

Author Image
सोमवार, पौष २५, २०७३

तेह्रथुम।
download

तेह्रथुमका उच्च क्षेत्रमा हिमपात भएसँगै आठराई संक्रान्तिबजारका अग्निपीडित चिसोले कठ्याङिग्रएका छन् ।

आगलागीमा छानो, मानो र न्यानो कपडासमेत गुमाएका अग्नीपीडित जिल्लाको जनजीवन नै कष्टकर बनाउने गरी बढेको चिसोले झन् बढी समस्यामा पारेका हुन् । चिसोका कारण पीडित टहरामा बस्न नसक्दा आफन्त र छिमेकीका घरमा शरण लिन बाध्य भएका छन् ।

आगलागीपछि पुनर्वासका लागि बनाइएका जस्तापाताका टहराले चिसो ठिही र सिरेटो छेक्न नसक्दा त्यत्तिकै रहेको छ । निजी क्षेत्रका विभिन्न संघसंस्थाले लत्ताकपडा, सिरक डसना राहतमा दिएपनि सरकारीस्तरबाट कुनै सहयोग नभएको गुनासो पीडितको छ ।

हिमपातसँगै बढेको चिसोले बालबालिका र बृद्धबृद्धा बढी समस्यामा परेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर