Aamsanchar

स्वदेश फिर्तीका लागि भुटानी शरणार्थीको अपिल

Author Image
सोमवार, पौष २५, २०७३

दमक।

nepali_bhutanese_refugee

भुटानी शरणार्थीको संस्था नेसनल रिकन्सिलेसन कमिटीले स्वदेश फिर्तीका लागि पहल गरिदिन भन्दै शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगसमक्ष अपिल गरेको छ ।

कमिटीले आज एक विज्ञप्ति जारी गरी अढाइ दशकदेखिको कष्टप्रद शरणार्थी बसाइको अन्त्य गर्दै स्वदेश फर्किन चाहनेलाई स–सम्मान तथा सुरक्षित स्वदेश फिर्तीका लागि सहयोग गरिदिन आग्रह गरेको हो । तेत्तीस शरणार्थीको हस्ताक्षर रहेको अपिलपत्र उच्चायोगको जेनेभास्थित कार्यालयमा पठाइएको कमिटी संयोजक कृष्णवीर तामाङले जानकारी दिनुभयो ।

कमिटीले स्वदेश फिर्तीका लागि निरन्तर सङ्घर्ष गर्दै आए पनि शरणार्थीलाई विभिन्न मुलुकमा पुनर्वास गराएर छिन्नभिन्न बनाएको आरोप पनि लगाएको छ । पुनर्वास कार्यक्रमअन्तर्गत भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास गराउने काम अन्त्यतिर आइपुग्दा स्वदेश फिर्तीका लागि उच्चायोग नै अन्तिम विकल्प भएको ती शरणार्थीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

शरणार्थी शिविरमा शरणागत जीवन बिताउँदै आएकालाई रासन–पानीसमेत बन्द गरिएकामा पनि कमिटीले आपत्ति जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर