Aamsanchar

७१ वर्षको उमेरमा १५ वर्षकाे जेल सजाय

Author Image
सोमवार, पौष २५, २०७३

काठमाडौं,jel

लमजुङको ढोडेनी–२ का ७१ वर्षे वृद्ध गजबहादुर गुरुङले १५ वर्षको जेल जीवन बिताउने भएका छन् । लागु औषध मुद्धामा पुनरावेदन अदालत पाटनबाट दोषी ठहर भई १५ वर्षको जेल सजाय पाएका उनी फरार थिए ।

उनलाई २०५८ सालमा अदालतले दोषी ठहर गर्दै १५ वर्षको कैद र पाँच लाख रुपैयाँ जरिवानको फैसला भएपछि गुरुङ फरार थिए । गुरुङ फरार भएको १५ वर्षपछि अर्थात हिजो पुस २४ गते उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले ढोडेनीबाट पक्राउ गरेको हो ।

उनलाई अदालतको फैसला अनुसार कारागार भुक्तानको लागि केन्द्रीय कारागार सुन्धारा पठाइएको सिआइबीले जनाएको छ ।

Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर