Aamsanchar

महिलामाथि हुने हिंसा न्युनिकरणको प्रयासमा सकरात्मक सफलता

Author Image
मङ्गलवार, पौष २६, २०७३

काठमाडौं,

mahila-adhikar

लैङ्गिक आधारमा महिलामाथि हुने हिंसा न्युनिकरणको प्रयासमा सकरात्मक सफलता मिल्दै गएको अधिकारकर्मीले बताएका छन् ।

स्थानीय समुदायसँग मिलेर गरिने कार्यक्रमको प्रभाव राम्रो देखिएको र यसले गर्दा महिला भएकै कारण हुने सिंहामा केही कमी आएको महिला अधिकारकर्मी बन्दना राणाले बताउनुभयो ।

लैङ्गिक हिंसा न्युनिकरणको क्षेत्रमा काम गर्दै आएको साथी नेपालको भक्तपुरमा भएको वार्षिक समीक्षा बैठकमा उहाँले केही नीतिमा परिवर्तन हुनु, महिलाका लागि बजेट छुट्याइनु र महिलामाथि हुने हिंसाका विषयमा समाजको मौनता तोडिनु जस्ता सकारात्मक उपलब्धी रहेको बताउनुभयो । तर अझै पनि स्थानीय निकायसँगको सहकार्यमा भने समस्या नै रहेको उहाँको भनाई छ ।

महिलामाथि हुने हिंसा कम गर्नका लागि समाजका सबै पक्षसँगको सहकार्य महत्वपूर्ण हुनेमा साथी नेपालकी अध्यक्ष तथा अधिकारकर्मी उमा शाहले जोड दिनुभयो ।

गाउँघरमा महिलामाथि हुने हिंसा न्युनिकरणका लागि महिला पुरुष दुवैलाई साथमा लिएर काम गर्नु पर्ने उहाँको भनाई छ ।

लैङ्गिक आधारमा हुने हिंसा विरुद्धका कार्यक्रमलाई पीडित र पीडक दुवै पक्षलाई साथसाथै हिँडाउने गरी बनाइनु पर्ने र त्यही अनुसार कार्यान्वयन गर्नु पर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर