Aamsanchar

हार्डवेयर व्यवसायी संघ झापामा पुनः मातृका कोइराला

Author Image
बुधवार, पौष २७, २०७३

15895089_1979412788952647_4713463583396104794_n
बिर्तामोड ।
हार्डवेयर व्यवसायी संघ झापाको दोस्रो सधारणसभाले तीन बर्षे कार्यकालका लागि नेतृत्व चयन गरेको छ ।
धनुषकोटीधाम परिसर कनकाईमा भएको साधारणसभाले संघको अध्यक्षमा पुनः मातृका कोइरालालाई सर्वसम्मत चयन गरिएको छ । संघको बरिष्ठ उपाध्यक्षमा अशोक धानुका, उपाध्यक्षमा वेदनिधि भट्टराई, सचिवमा रवीन्द्र भट्टराई, सह–सचिवमा राजकुमार साहेवाला, कोषाध्यक्षमा भरत कँडेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा नरसिंह साहेवाला, रामनारायण चौधरी, विष्णु निरौला, पुकार कार्की, यादव निरौला, होमप्रसाद मैनाली(सागर) र रोशन प्रसाईं रहेका छन् ।
सचिव भट्टराईका अनुसार समितिको पदेन सदस्यमा संघका निवर्तमान अध्यक्ष पवन खेडिया रहेका छन् । संघले जग्गा खरिद गरी भवन निर्माण गर्ने निर्णय समेत गरेको छ । कार्यक्रम बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष बलराम कार्कीको प्रमुख आतिथ्यमा भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 204

प्रतिक्रिया (०)

सम्बन्धित खबर