Aamsanchar

अकबरे खुर्सानीबाट मालामाल हुँदै

Author Image
बुधवार, पौष २७, २०७३

तेह्रथुम ।
Akbare-khursani-401x281

तेह्रथुममा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्ने क्रम बढेको छ । किसानले खाद्यान्न बालीको सट्टा व्यावसायिक रुपमै अकबरे खेती गर्न थालेपछि मनग्ये आम्दानी गर्न थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यसवर्ष करिब ४७ करोड रुपैयाँको अकबरे खुर्सानी उत्पादन भएको छ । जिल्लाका किसानले २५ हेक्टर जमिनमा लगाएको अकबरे खेतीबाट यस वर्ष ३ सय १२ मेट्रिक टन अकबरे फलाएका हुन् । जसको खुद्रा मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँका दरले मात्रै पनि ४६ करोड ८० लाख हुन्छ ।

बजारमा अकबरे खुर्सानी प्रतिकिलो न्यूनतम् एक सयदेखि चार सय रुपैयाँसम्ममा किनबेच हुने गर्दछ । गत वर्षभन्दा यस वर्ष ६२ मेट्रिक टन बढी अकबरे उत्पादन भएको कार्यालयका बागबानी विकास अधिकृत दिपा देवको भनाइ छ ।

जिल्लामा अलैंची र अदुवापछि बढी खेती गरिने नगदेबाली अकबरे खुर्सानी हो । परम्परागत शैलीमा खेती गर्दै आएका किसान भारतीय बजारबाट समेत अकबरेको माग आउन थालेपछि अझ उत्साहित भई व्यावसायिक खेतीमा लागेको कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर