Aamsanchar

सहसम्पादक भण्डारीलाई लक्ष्मी उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कार

Author Image
बिहिवार, पौष २८, २०७३

 

बिर्तामोड ।

_MG_0712

यसवर्षको लक्ष्मी उत्कृष्ट शिक्षा पत्रकारिताबाट पूर्वाञ्चल दैनिकका सहसम्पादक सुरेन्द्र भण्डारी पुरस्कृत हुनुभएको छ ।
स्वर्गीय हरिनारायण गुप्ताको स्मृतिमा स्थापित उक्त पुरस्कारबाट भण्डारी पुरस्कृत हुनुभएको हो । पुरस्कृत भण्डारीलाई पूर्व शिक्षा मन्त्री गिरिराजमणि पाखेरेलले नगद पाँच हजार एक सय रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।
विगत ११ वषदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार भण्डारी नेपाल पत्रकार महासंघ झापाका सदस्य हुनुहुन्छ । उहाँलाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उक्त पुरस्कार प्रदान गरिएको थियो ।
त्यस्तै विगत अढाई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न रहनुभएका यलम्बर टाइम्सका सम्पादक दिपीन राई पनि पुरस्कृत हुनुभएको छ । स्व. हरिनारायण गुप्ताको स्मृतिमा नै स्थापित पाँच हजार एक सय राशीको लक्ष्मी उत्कृष्ट शिक्षा पत्रकारिता पुरस्कारबाट पत्रकार राई पुरस्कृत हुनुभएको हो ।
पुरस्कृतद्व पत्रकारलाई सांसद तथा पूर्व शिक्षामन्त्री समेत रहनुभएका पोखरेलसहित क्षेत्री शिक्षा निर्देशक केशवप्रसाद दाहाल, जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराल लगायतले दोसल्ला ओढाउदै सम्मान गर्नुभएको थियो । लक्ष्मी माध्यमिक विद्यालय शनिअर्जुन–५ को ५२ औं स्थापना दिवसमा पत्रकारद्वयलाई पुरस्कृत गरिएको थियो भने दातालाई समेत सम्मान गरिएको थियो ।
त्यस्तै विद्यालयमा उत्कृष्ट हुने विद्यार्थीलाई समेत सम्मान गरिएको थियो ।  कार्यक्रममा बोल्दै पूर्व शिक्षा मन्त्री पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभएको छ ।  उहाँले एक्लो प्रयासमा मात्र शिक्षामा देखिएका समस्याको आमूल परिवर्तन हुन नसक्ने भएकाले शिक्षा ऐन नै संशोधन गर्दै अघि बढेको र यसलाई थप प्रभावकारी बनाउन विद्यार्थीदेखि अभिभावक, शिक्षक र सरकार नै गम्भीर बन्नुपर्ने बताउनु भएको छ । नीतिगत सुधार भए पनि व्यवहारमा त्यसलाई कार्यान्वयन गर्न सकिएन भने त्यसले कुनै अर्थ नराख्ने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर
नेपालमा साङ्केतिक भाषा
आइतवार, असोज ६, २०८१
आज षष्ठी श्राद्ध
आइतवार, असोज ६, २०८१