Aamsanchar

अग्नि पिडीतका लागि राहत संकलन

Author Image
बिहिवार, पौष २८, २०७३

binod

आठराई संक्रान्ती बजार अग्नि पिडितको आर्थिक समस्यालाई केही हदसम्म राहात जुटाउन लागिपरेको आठराई संक्रान्ती बजार सम्पर्क समिति मार्फत पिडितका लागि विमली बन्धु समाज झापावाट ४२ हजार, नेपाल उद्यमशिल महिला महासंघ झापा र पारिजात महिला समाज विर्तामोडले संयुक्त संकलन गरेको ६० हजार ३ सय ५ रुपैया सम्पर्क समितिका संयोजक पर्शु सिटौलालाई हस्तान्तरण गर्दै उद्यमशिल महिलाकी अध्यक्ष पार्वता विमली, विमली बन्धु समाजका अध्यक्ष नन्दमणी विमली, साथमा सहयोग संकलन समितिका सदस्यहरु । आठराई संक्रान्ती बजार सम्पर्क समिति झापाले १ लाख ७२ हजार ४ सय रुपैया संकलन गरेको रकम सहित जम्मा २ लाख ७४ हजार ७ सय ३० रुपैया राहत रकम माघ ५ गते अग्नि पिडित समक्ष हस्तान्तरण गर्ने बताईएको छ । तस्वीर : विनोद पाण्डे/आमसंचार

Views: 152

प्रतिक्रिया (०)