Aamsanchar

इन्टरपोलको अन्तर्राष्ट्रिय सम्मेलनमा माघ ५ देखि नेपालमा

Author Image
बिहिवार, पौष २८, २०७३

काठमाडौं ।
police_1377673820

इन्टरनेसलन पुलिस अर्गनाइजेसन (इन्टरपोल)को अन्तर्राष्ट्रिय सम्मेलन यही माघ ५ गतेदेखि तीन दिनसम्म नेपालमा हुने भएको छ ।

नेपाल प्रहरीले विहीबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ५५ राष्ट्रका करिब २५० जना अधिकृत सो सम्मेलनमा सहभागी हुने प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले जानकारी दिए ।

सन् १९६७ मा इन्टरपोलको सदस्य बनेको नेपालले यसअघि २०४५ सालमा इन्टरपोलको ११औं सम्मेलन आयोजना गरेको थियो ।

सम्मेलनमा नेपालले मानव बेचबिखन र विद्युतीय अपराधका एजेन्डालाई प्राथमिकतामा राखेको छ ।

इन्टरपोलमा सहभागी हुन आउने प्रतिनिधिहरुका लागि सुरक्षा व्यवस्था व्यवस्थित हुने जानकारी पनि विहीबार आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)