Aamsanchar

कपास उद्योगमा आगलागी

Author Image
शुक्रवार, पौष २९, २०७३

काँकडभिट्टा ।aago

भद्रपुर–५ स्थित बसपार्क छेउमा सञ्चालित मेची कपास उद्योगमा आज आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ ।

रामचन्द्र सहनीले सञ्चालन गर्दै आइरहेको उद्योगमा यन्त्रबाट विद्युत् चुहावट भई आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट रु पाँच लाख मूल्य पर्ने यन्त्र, कपास, जुट, जस्तालगायत सामग्री नष्ट भएको भद्रपुर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

भद्रपुर नगरपालिकाको वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

Views: 141

प्रतिक्रिया (०)