Aamsanchar

साइबर अपराध नियन्त्रणका लागि कार्ययोजना तयार

Author Image
शुक्रवार, पौष २९, २०७३

काभ्रेपलाञ्चोक।

sad-facebook-user-e1443336043893

तीव्र गतिमा विकास भइरहेको मुलुकको सूचना, सञ्चार तथा प्रविधि (आइसिटी) लाई थप प्रभावकारी बनाउन लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

नेपाल प्रविधि पत्रकार मञ्चको दुईदिने अभिमुखीकरण कार्यक्रमको आज समापन गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर झाले आइसिटीको क्षेत्रमा नेपाल धेरै अघि बढिसक्यो, आइसिटीको ट्रेन छुटिसक्यो यो लक्ष्यमा पुग्नेछ भन्नुभयो ।

अध्यक्ष झाले मुलुकका सबै क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विद्युतीय प्रशासनिक प्रणाली, शिक्षा, स्वास्थ्य, व्यापार आदिलाई ध्यानमा राखी काम अघि बढाइनाका साथै साइबर अपराध नियन्त्रणका लागि कार्ययोजना तयार भएको जानकारी दिनुभयो ।

अध्यक्ष झाले टेलिकम्युनिकेसन अपरेटरले फ्रिक्वेन्सी अनुमति लिएर काम नगरी ओगटेर बस्ने प्रविधि बढेको छ भन्दै फ्रिक्वेन्सी नीतिमा परिवर्तन गरी अर्को अपरेटर ल्याउन मोबाइल ब्रोडब्यान्ड ‘फोर जी’ का लागि ७०० र २,६०० मेगाहर्जको फ्रिक्वेन्सीमा लिलाम गरी सबैभन्दा बढी फ्रिक्वेन्सी तिर्नेलाई सञ्चालन अनुमति दिइने बताउनुभयो ।

प्राधिकरणकै वरिष्ठ निर्देशक आनन्दराज खनालले नीतिगत सुधार गरी दूरसञ्चार सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन लागिएको उल्लेख गर्नुभयो । सूचना र दूरसञ्चार विषयमा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित तालिममा विभिन्न राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारको सहभागिता थियो । पत्रकार शिव गाउँले, प्राधिकरणका वरिष्ठ निर्देशक, प्रविधि क्षेत्रका विज्ञले प्रशिक्षण दिनुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर