Aamsanchar

माई मेला सुरु

Author Image
शुक्रवार, पौष २९, २०७३

झापा।

kankai_mela-e1452681244874

बिहिबारबाट झापाको कनकाई नदीमा माईमेला सुरु भएको छ । परम्परागत रुपमा लाग्दै आएको माईमेला माघ २ गतेसम्म लाग्ने बताइएको छ ।
मेलामा ३ सय स्टलहरु राखिएको छ । धार्मिक पर्यटकीय कोटीहोम क्षेत्रमा ४ दिने धार्मिक तथा रमाइलो माईमेलामा रोटेपिङ, नाउ, ब्रेक तथा बुगीबुगी डान्स, ड्रागन रेलगाडी, सर्कस, बच्चाबच्चीका लागि खेलतमासा लगायतका मनोरञ्जनका साधन राखिएको माईमेला आयोजक समितिका अध्यक्ष विवेक अग्रवालले बताउनुभयो ।
झापाको मध्यभाग भएर बग्ने कनकाई नदीको पूर्वी किनारामा विभिन्न देवी देवताका मन्दिर रहेका छन् । मेलामा नेपालको कानुनले वर्जित गरेका जुवा, तास र मौतको कुवा लगायतका खेलहरु नराखिने आयोजक समितिले जनाएको छ ।
मेलामा २ लाख दर्शनार्थीको सहभागिता रहने अनुमान गरिएको कनकाई धार्मिक माईमेला आयोजक समितिका सचिव अमन गुप्ताले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर