Aamsanchar

दुहवीभलुवा नपाको बजेट सार्वजनिक

Author Image
शुक्रवार, पौष २९, २०७३

इनरुवा।

Corruption

सुनसरीको दुहवीभलुवा नगरपालिकाको चौथो नगर परिषद्बाट पारित बजेट, नीति तथा कार्यक्रमहरु बिहीबार सार्वजनिक गरिएको छ ।

नगरपालिकाले आफ्नो नगर परिषद्बाट पारित गरेको विभिन्न शीर्षकको बजेट रु १२ करोड ६३ लाख चार हजार रहेको जनाएको छ । सो बराबरको बजेट आर्थिक वर्ष २०७४÷७५ का लागि सार्वजनिक गरेको कार्यकारी अधिकृत युवराज ढकालले जानकारी दिनुभयो ।

यो बजेट चालु आव भन्दा ५२.६३ प्रतिशतले बढी हो । नगरमा रहेका विभिन्न १४ वटा वडाको समानुपातिक विकास गर्ने गरी कार्यक्रमहरु समावेश गरिएको छ ।

स्थानीय नेताहरु तथा सरोकारवालाको सहभागितामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले प्रस्तावित बजेट तथा कार्यक्रम राम्रो भएकाले यसको पूर्ण कार्यान्वयनमा लाग्न आग्रह गर्नुभयो ।

उहाँले स्थानीय निकाय विकासका लागि प्रभावकारी र सबैको सरोकारको केन्द्र भएकाले त्यसको कार्यान्वयनमा जोड दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर