Aamsanchar

मोटरसाइकल चालकको मृत्यु

Author Image
शुक्रवार, पौष २९, २०७३

उर्लाबारी।

accident-sketch

झापाको दमक–१६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा उर्लाबारी–४ का गौरव श्रेष्ठको मृत्यु भएको छ ।

राति १०ः१५ बजे दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १० प ४६४३ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २१ वर्षीय श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उर्लाबारी–४ कै २२ वर्षीय आकाश कार्की गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर