Aamsanchar

माघे सङ्क्रान्ति अर्थात माघीको महत्व यस्तो छ, एक पटक अवस्य पढ्नुस्

Author Image
शुक्रवार, पौष २९, २०७३

mai melaहिँउदको वेलामा विहान पत्तो नपाईकनै काममा जाने वेला भईसक्छ, सिरक अत्यन्त प्यारो हुनेगर्दछ भने घामको महत्व ज्यादै हुन्छ । आजको दिन नेपालमा सार्वजनिक विदा हो , विहान उठ्न उत्ति हतारो नहुन सक्छ तर फेरि आज माघे सक्रान्तीको तैयारी पनि त गर्नु छ , कि कसो ? सर्वप्रथम त स्वदेश तथा विदेश तपाई जहाँ हुनुहुन्छ, माघे सक्रान्तीको पावन उपलक्ष्यमा धेरै धेरै शुभकामना ।
१२ वटा महिना, ४ वटा क्रतुहरु अनि १२ वटै मशान्त र १२ वटै सक्रान्तीहरु, विक्रम संवतका यी महत्वपूर्ण गणकहरु हुन् । वैशाखे सक्रन्तीवाट शुरु भएका वर्षका दिनहरु क्रमश विभिन्न मशान्त र सक्रान्तीहुँदै चैत मशान्तमा अन्त्य हुन्छ, वैशाखमा हामी मिती लेख्दा पुरानै वर्षको मिती दोहोर्याउने भुल धेरै गर्ने पनि गर्छौ, यो ७३ सालमा यो माघ महिनासम्म आईपुग्दा अब भने हामी कलमले हाजिर गर्दा या मिती लेख्दा ७३ लेख्न बानी परिसक्यौँ, हैन त ?
आज माघे सक्रन्ती अर्थात माघ महिनाको प्रथम दिन हो, माघ मध्य हिँउदको एउटा महत्वपूर्ण महिना हो । आजका दिन सूर्य धनु राशीवाट मकर राशीमा प्रवेश गर्दछन् र आजको दिनलाई माघे सक्रान्ती, तिलुवा सक्रान्ती या मकर सक्रान्ती या माघीका रुपमा आआफ्नै विशेषता र सास्कृतीक महत्वका साथै मनाईने गरिन्छ । सनातन सस्कारमा तिलको विशेष महत्व छ, चाहे होमजाप गर्नलाई चरुको रुपमा होस् या पूजा गर्दा अनि दान गर्दा होस् या कुनै पितृकर्म अनि शुभकार्य, तिल अपरिहार्य छ । आजको दिन तिलको ेवनकालागी प्रसिद्ध छ, तिललाई भुटेर अनि सख्खरमा मुछेर बनाईएका लड्डुहरु आजको विशेष परिकार हो, त्यसैकारणले पनि माघे सक्रान्तीलाई तिलुवा सक्रान्ती पनि भनिन्छ । अर्कोतर्फ नर्थ पोल र साउथ पोल अर्थात उत्तरी र दक्षिणी ध्रुवका वारेमा हामीले भुगोलमा पढेका छौ, सूर्य र पृथ्वीको दिशालाई पनि लगभग यस्तै ध्रुवको अवस्थितीका आधारमा गणना र मापन गरिन्छ, आजवाट सूर्यको दिशा उत्तरायणतर्फ लाग्दैछ, उत्तर उन्मुख यो सूर्यको दिशा अझ न्यानो असर गर्ने र आजवाट हिँउद घट्दै जाने र बसन्तका साथै ग्रिष्म वढ्दै जाने मान्यता छ ।
अनि घ्यू, चाकु, तिलको लड्डु, भुजा अर्थात मुरैको लड्डु अनि च्यूराको लड्डु तैयार छन त ? के मा बनाउनुभयो ? सख्खर, या चिनीको पाग या महमा ?
तरुल, सख्खरखण्ड, पिडालु उसिन्न बाँकी नै छ कि भ्याईयो ? अनि खिचडी नि ?
खिचडी सग समबन्धीत एउटा उखान तराईतिर ज्यादै प्रचलीत छ, खिचडीके चार यार, दही पापड घी या अचार । मैथिल भाषाको यो उखानका अनुसार खिचडीका चार साथीहरु हुन्छन्, दही, पापड घ्यू अनि अचार , अनि तैयार छन् त यि कुराहरु कि अन्य कुराहरुसँग खिचडी तातोतातो खाने सोचमा हुनुहुन्छ ?
जाडो वेलाको यो न्यानो चाड माघे सक्रान्तीले दैलोमा ढकढक्यायो, ल है । विहान सवेरै नुहाईधुवाई गरेर, चोखो कपडा लगाएर अनि व्राह्मणलाई दान दक्षीणा दिएर अनि कतिपय घरमा त रुद्री या सत्यनारायणको पूजा लगाएरपनि मनाईन्छ । तिल र चाकु मिसाएको परिकार, तरुल आदी खानाले जाडोमा शरीरलाई न्यानो मिल्ने गर्दछ यसअर्थमा कतिधेरै वैज्ञानिक अनि अर्थपूर्ण सस्कार नेपाली जनजिवनमा रहेको छ भन्ने पुष्ठी हुन्छ । यस्ता पोषिला खानेकुरा खानाले न्यानोका साथसाथै अन्य चर्मरोग र जोर्नीका समस्या आदीवाट राहत मिल्दछ ।
आउनुहोस यस दिनको धार्मीक र पौराणीक मान्यताका वारेमा चर्चा गरौ, महाभारतमा भिष्म पितामहलाई ईच्छा मृत्यूको वरदान थियो, रणभुमीमा अर्जुनका धनुवाणहरुले सर्वत्र छेडेका भिष्म पितामहले आजकै दिन मृत्यूको ईच्छा जाहेर गरेर विदा भएको कुरा महाभारतमा उल्लेख छ । आजको दिन विभिन्न घाटहरु, नदिहरु अनि पवित्रस्थलमा स्नान गर्ने तिर्थालुहरुको भिड रहन्छ, नवलपरासीको देवघाट, सुनसरिको चतरा, कालीगन्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौ शंखमुलको वाग्मती किनार आदि ठाँउहरुमा स्नान गर्ने श्रद्धालुहरुको घुँईचो रहन्छ । यसरी माघी नुहाईसकेपछी तिलको सुकेको वुट्यान वालेर आगो ताप्ने चलन पनि छ । यसरी माघी नुहाएमा पापमोचन हुने जनविश्वास छ । यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकल सहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने भविष्यपूराणमा उल्लेख गरिएको छ ।
मधेशमा भने मैथिल र थारुसमुदायहरुले आज वडो सदभावका साथ आज यो चाड मनाउने गर्दछन्, थारु समुदायमा आजको दिन येले दुगं का रुपमा लगभग नयाँ वर्षका रुपमा मनाईन्छ, आजकै दिन किरात वशंले काठमाडौ उपत्यकामा आक्रमण गरि विजय हासिल गरेको र सोही विजय उत्सवलाई संवतका रुपमा किरात संवत शुरुभएको मानिन्छ । थारु समुदायमा पौष महिनाको अन्तिम दिन जिता मरना भन्दै सुँगुर काट्ने चलन पनि रहेको छ, यसरी काटिएको सुँगुरको मासु सामुदायिक रुपमा धमार गीत गाँउदै रमाईलो गर्दे भोज खाने अनि जाग्राम बस्ने चलन छ, अनन्ती नामक चामलको जाँड पश्चिमी थारु समुदायमा वहुत चर्चित छ । यसैगरि छोरीचेलीहरु माईत आउने र फर्कदाखेरि निसराउ अर्थात उपहारहरु दिएर पठाउने चलन छ ।
नेवार समुदायमा ‘घ्यूचाकु सँल्हु’ नामले माघे सङ्क्रान्ति मनाइन्छ । उनीहरुले चाकुमा तिल मिसाएर लड्डु बनाएर खाने तथा दान दिने गर्दछन् , आज काठमाडौ उपत्यका नजिकैको पनौतिमा एतिहासिक मकर मेला लाग्दछ, लिच्छवी राजा मानदेवका पालादेखि यो मेला शुरुभएको हो ।

माघे सङ्क्रान्ति पर्व नेपालका मगर जातिको पनि प्रमुख चाड हो । माघे सङ्क्रान्तिलाई मगरहरुको राष्ट्रिय पर्वका रुपमा मान्यता दिइएको छ । मगर समुदायमा आज तारो हान्ने खेल अत्याधिक प्रचलनमा छ । यस पर्वमा मगरहरुले धुमधामका साथ चेलीबेटी र पितृहरुको तीन दिनसम्म पूजा गर्दछन् । वन तरुल बिना मगरहरुको सङ्क्रान्ति अधुरो हुने भएकाले उनीहरु सङ्क्रान्ति अघि नै जंगलबाट वन तरुल खनेर ल्याउने र सङ्क्रान्तिको अघिल्लो रात वन तरुल पकाउँछन् । घरका पुरुषहरुले धनुषकाँडले तारो हान्दै पर्वमा रौनकता थप्छन् । उनीहरुले काठको फ्ल्याकमा अंगारले गोलो चिन्ह लगाई निसाना लगाउँदै तारो हान्छन् । तारोको निसाना लगाउने व्यक्तिलाई सम्मानका साथ तितेपाती लगाएर काँधमा बोकेर गाउँ घुमाइन्छ र खान दिइन्छ । मगर समुदायका केटाकेटीहरु चैं साँझमा जम्मा भई घरघरमा गई ुबासी आन्द्रा पाई कि नपाईु भन्दै सोध्दै रमाइलो गर्छन् । घरमा रहेका मानिसले ती केटाकेटाहरूलाई बचेखुचेका खानेकुरा दिन्छन् अनि केटाकेटीहरु रमाउँदै अर्को घर जान्छन् ।
मिठो खाने अनि सबैको भलो चिताउने यस पर्व माघीको सबैलाई शुभकामना, सख्खरजस्तै गुलिया अनि लड्डुजस्तै मिठा पलहरु यस वर्षभरि कायम हुन्, सबैको जय होस् ।

Views: 264

प्रतिक्रिया (०)