

झापा विर्तामोड नगरपालिका–२, चारपाने स्थित मोहनमाया माध्यमिक विद्यालय परिसरमा सरस्वतीको मन्दिर र पक्की मञ्च निमार्ण भएको छ । चारपानेका सामाजिक, राजनितिक व्यक्तित्व नारायण राजवंशी दम्पती फुलन राजवंशीले मन्दिर निर्माण गराए हुन । शुक्रबार विधिपूर्वक छ जना पुरहित द्वारा पुजापाठ गराई लाख बत्ती समेत बालेर गरिएको धार्मिक कार्यक्रममा सरस्वती मन्दिरको उद्घाटन र मुर्तीको अनावरण गरिएको थियो ।

सामाजिक संघ संस्था, शैक्षिक र धार्मिक क्षेत्रमा तन,मन र धनले सहयोग गर्दै आएका राजवंशीले सरस्वतीको मन्दिर ४ लाख ११ हजारमा निमार्ण गराई विद्यालयलाई हस्तान्तरण गरेका हुन ।
Views: 144

