काठमाडौं ।

आज माघ १ गते अर्थात् आज माघे संक्रान्ति । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्व आज देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गर्नुका साथै घिउ–चाकु, तिलको लड्डु र तरुल खाएर धुमधामका साथ मनाइदैछ ।
नेपालका थारु समुदायमा माघे संक्रान्तिलाई नयां बर्ष अर्थात माघीको रुपमा धुमधामका साथ मनाउछन् । आजको दिन थारु समुदायले मिठो खाने र बर्षभरिका लागि नयां काम खोज्ने गर्छन ।

ज्योतिष शास्त्र अनुसार सौर तिथिका हिसाबले आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यस पर्वलाई मकर संक्रान्ति पनि भन्ने गरिएको हो ।
आजैदेखि दिन लामो हुने र रात छोटो हुदै जाने विश्वास गरिन्छ । लड्डु, घिउ तथा चाकु संक्रान्ति पनि भनिने यस पर्वलाई नेपाल भाषामा घ्यो–चाकु सल्हुँ भन्ने गरिन्छ । सरकारले आज माघीको अवसरमा सार्वजनिक विदा समेत दिएको छ ।
Views: 112

