तेह्रथुम,
तेह्रथुमको आठराई संक्रान्ति बजारमा भएको आगलागीका पीडितलाई अमेरिका र डेनमार्कमा बस्ने नेपालीबाट १९ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ ।
ईवा घर भई अहिले अमेरिकामा बस्दै आएका मदन ईङनाम र अमेरिकन नागरिक मार्क डियोनीको अगुवाईमा संकलित १२ लाख ११ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँ बराबरको जिन्सी सामग्री अग्नि पीडितलाई उपलब्ध गराइएको हो ।
यस्तै डेनमार्कबाट समेत ३ लाख बढी नगद सहयोग प्राप्त भएको छ । ईङनामले संकलन गरेको रकम र सामग्री शुक्रबार सक्रान्तिबजार पुगेर हस्तान्तरण गरेको समाजसेवी डम्बर ईङनामले जानकारी दिनुभयो ।
ईङनामले १२ लाख ११ हजार रुपैयाँको चेक प्रदान गरेको र यो रकम ‘संक्रान्ति बजार पुनर्निर्माण तथा पुनर्स्थापना कोष’ मा जम्मा गरिने इलाका प्रशासन कार्यालय प्रमुख सफल पोर्तेलले बताउनुभयो ।
यस्तै डेनमार्कमा बस्दै आएका रोशन सिटौला र राजु शिवाकोटी मार्पmत डेनमार्क ग्रुपले संचालन गरेको अभियानबाट संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो । उज्यालो