Aamsanchar

संक्रान्ति बजारका अग्नि पीडितलाई १९ लाख सहयोग

Author Image
शनिवार, माघ १, २०७३

तेह्रथुम,

aago

तेह्रथुमको आठराई संक्रान्ति बजारमा भएको आगलागीका पीडितलाई अमेरिका र डेनमार्कमा बस्ने नेपालीबाट १९ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ ।

ईवा घर भई अहिले अमेरिकामा बस्दै आएका  मदन ईङनाम र अमेरिकन नागरिक मार्क डियोनीको अगुवाईमा संकलित १२ लाख ११ हजार रुपैयाँ नगद र ५ लाख रुपैयाँ बराबरको जिन्सी सामग्री अग्नि पीडितलाई उपलब्ध गराइएको हो ।

यस्तै डेनमार्कबाट समेत ३ लाख बढी नगद सहयोग प्राप्त भएको छ । ईङनामले संकलन गरेको रकम र सामग्री शुक्रबार सक्रान्तिबजार पुगेर हस्तान्तरण गरेको समाजसेवी डम्बर ईङनामले जानकारी दिनुभयो ।

ईङनामले १२ लाख ११ हजार रुपैयाँको चेक प्रदान गरेको र यो रकम ‘संक्रान्ति बजार पुनर्निर्माण तथा पुनर्स्थापना कोष’ मा जम्मा गरिने इलाका प्रशासन कार्यालय प्रमुख सफल पोर्तेलले बताउनुभयो ।

यस्तै डेनमार्कमा बस्दै आएका रोशन सिटौला र राजु शिवाकोटी मार्पmत डेनमार्क ग्रुपले संचालन गरेको अभियानबाट संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो । उज्यालो

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज माता तिर्थ औंशी, थानकोटमा मेला
मङ्गलवार, वैशाख २५, २०८१
आमा (कविता)
मङ्गलवार, वैशाख २५, २०८१