Aamsanchar

धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

Author Image
शनिवार, माघ १, २०७३

महोत्तरी,

Hatya

महोत्तरी जिल्ला, हतिसर्वा गाविसमा शुक्रबार राति अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी अञ्जनीकुमार मिश्रको हत्या गरेको आरोप लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार राति १० बजेतिर हतिसर्वा–७ बस्ने २५ वर्षीय मिश्रको हत्या भएकोक हो ।

राति आफ्नै घरमा बसिरहेका उनलाई सात आठ जनाको समूहमा आएका अज्ञात व्यक्तिले धारिलो हतियारले आक्रमण गरी उनलाई गम्भीर घाइते बनाएर भागेका थिए ।

गम्भीर घाइते मिश्रलाई परिवारजनले उपचारका लागि अञ्चल अस्पताल जनकपुरमा लगेकामा राति १२ बजेतिर उपचारकै क्रममा ज्यान गएको प्रहरी उपरीक्षक उपाध्यायले बताउनुभयो । हत्याराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर