पाँचथर ।
मेची राजमार्ग अन्र्तगत पाँचथरको फिदिम–२ स्थित लालीखर्कमा जिप दुर्घटनामा ८ जना गम्भिर घाईते भएका छन् ।
घाइते मध्ये सवारी चालक देवान दोर्जे र ताप्लेजुङकी नैना कार्कीको अवस्था चिन्ताजनक छ । उनिहरुको झापाको विर्तामोडस्थित बि एण्ड सी अस्पतालमा उपचार भईरहेको छ ।

वाँकी घाइतेहरुको जिल्ला अस्पताल पाँचथरमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ताप्लेजुङबाट झापाको विर्तामोड आउंदै गरेको मे १ ज २५४६ नम्बरको जिप अनियन्त्रित भई सडक बाट तल खसेर दुर्घटना भएको हो । जीपमा चालकसहित आठ जना नै सबार थिए ।
Views: 127

