Aamsanchar

मृगौला पिडित बरालद्धारा सहयोगको याचना

Author Image
शनिवार, माघ १, २०७३

[खुदुनाबारी]

madan

३ वर्ष अघिबाट दुवै मृगौला खराब भएका खुदुनाबारी–२ स्थित सातकटेरीका मदन बराल डाइलोसिस गर्ने रकम समेत नभएर कठिन मोडमा बाँच्नु परेको बताएका छन् ।

शुक्रबार यलम्वर टाइम्सको सूचना केन्द्रमा पत्रकार सम्मेलन गर्दै मदनले भने ०७१ साल जेठबाट डाइलोसिस गर्दै यहाँसम्म आए । थुप्रै धनराशी खर्च भयो । अब समाजसँग आर्थिक सहयोगको लागि अनुरोध गर्दछु । पत्रकार सम्मेलनमा उनका दाजु टंकप्रसाद बरालले भाईको उपचारमा धेरै खर्च भएको बताउँदै भाईलाई कसरी बचाउने अब परिवार बाहिर समाजमा आएको बताए ।

मृगौला पीडित मदनकी आमाले भनिन् –‘यस्तो रोग लाग्दा परिवारलाई समेत पीडा हुने हुँदा यो बेला हामी दिनरात भन्न पाएका छैनौं ।’
समाज र इष्टमित्रले हालसम्म ३ लाखसम्म सहयोग गरेका छन् अरु सबै परिवारले थेग्नु पर्दा नाजुक हुन पुगेको बताइन् । पत्रकार सम्मेलनमा खुदुनाबारी–शनिअर्जुनमा मात्र ७ जनाभन्दा बढी मृगौला रोगी भएको हुँदा राज्यले मेची अञ्चलमै डाइलोसिसको सुविधा मिलाइ दिन आग्रह गरे । काठमाडौंको सुमेरु अस्पतालमा डाइलोसिस गर्दैै बसेका मदनले रकम भए र कसैले मृगौला दान गरे बाँच्ने थिएँ उनले भने ।
भाई मदनलाई मृगौला दिन परिवार राजि हुँदाहुँदै पनि कोही उच्च रक्तचापका रोगी र निरोगी भएपनि रगत नमिलेपछि हाल डाइलोसिस गर्दै बस्नुपरेको दाई टंकले बताए । मदनको क्रिटिनाइन १८ छ भने युरिया १५० माथि छ । हप्तामा ३ पटक डाइलोसिस गर्नुपर्ने डा. ऋषिकुमार काफ्ले बताउँछन् ।

पत्रकार सम्मेलनमा समाजसेवी योगेन्द्र आचार्य, पुण्य सुवेदी, हलुवागढका अध्यक्ष चक्र तामाङ, स्थानीय अगुवा दिलबहादुर मगर लगायत पीडित बरालका आफन्त र युवा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर