Aamsanchar

मृगौला पिडित मदनलाई कोरियाबाट सहयोग

Author Image
आइतवार, माघ २, २०७३

खुदुनाबारी,madan

मदन बरालको उपचार थप सहयोग पु¥याउने उदेश्यले कोरिया कायरत नेपालीहरुले सहयोग गरेका छन् । खुदुनाबारी लगायत नेपालका विभिन्न क्षेत्रका कोरियामा कार्यरत युवाहरुले १ लाख ३७ हजार ५० रुपैंया सहयोग गरेका हुन् ।

रकम हस्थान्तरण भने कोरियामा कार्यरत खुदुनाबारी–८ निवासी युवराज श्रेष्ठले मदनका दाजु टंक बराललाई गरेका थिए । खुदुनाबारी–२ निवासी ४१ वर्षीया मदनको दुईवटा मृगौलाले काम नगरेपछि मदनको परिवारजनले पत्रकार सम्मेलन मार्फत सहयोगको अनुरोध गरेसँगै देश तथा विदेशबाट सहयोग गर्ने क्रम बढ्दै गएको हो ।

रकम हस्थान्तरण कार्यक्रममा खुदुनाबारी गा.वि.स.का अध्यक्ष एंवम सचिव तुलसी प्रसाद भण्डारी,नेकपा एमालेका बम बहादुर काकी लगायतले बोलेका थिए । मदनका दाजु टंक बरालले अहिलेसम्म ३ सय पटक डाइलोसिस गरिसकेको र मदनको एक हप्तामा स्वास्थ्य उपचारमा झण्डै ७ हजार जति खर्च भैइरहेको जानकारी गराएका थिए । कार्यक्रममा आफूनौ डाइलोसिस सकिन साथ मदन समेत उपस्थित भए ।

मदनले सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद दिदै इच्छुक महानुभावहरुबाट जीवन बचाई दिनुहुन् सहयोगको अपेक्षा गरे । अभियान नेपालका केशव खनाल,अभियान नेपाल बहुउदेश्यीय सहकारीका व्यवस्थापक हरि बाग्ले,राप्रपाका खुदुनाबारी अध्यक्ष इन्द्र बहादुर बुढाथोकी,साना किसान कृषि सहकारी लि.अध्यक्ष ज्ञानु खनाल,समाजसेवी जितु बहादुर कुमाल,स्थानीय अगुवा युवा चन्द्र आचार्य लगायतको सहभागिता रहेको थियो ।

मदनलाई सहयोग गर्नुहुने महानुभावहरुले बैंक राष्ट्रिय बाणिज्य बैंक, शाखा बिर्तामोडको खाता नम्बर २६२००१४००४१० र किस्ट बैकको खाता नम्बर ०१५९२८६१६ सहयोग गर्ने सकिने दाजु टंक बरालले बताए । कार्यक्रम संञ्चालन भने मिलन श्रेष्ठले गरेका थिए ।

Views: 118

प्रतिक्रिया (०)