झापा । 

समान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले भूकम्प नियन्त्रण गर्न नसकिने तर यसबाट जनधनको क्षतिलाई न्यूनीकरण गर्न सकिने भएकाले निर्माणमा लापर्बाही गर्न नहुनेमा जोड दिनुभएको छ ।

उन्नाइसौं राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले बलियो निर्माणबाट नै राष्ट्रको जनधन क्षति हुनबाट जोगाउन सकिने बताउनुभयो ।
Views: 178

