Aamsanchar

झापाका जीवनले नयाँ जीवन पाए, २१ दिनपछि हस्पिटलबाट डिस्चार्ज

Author Image
सोमवार, माघ ३, २०७३

भरत शिवाकोटी

   [युएई]jeven 1

गत २५ डिसेम्बर २०१६ मा युएईको सारजाहामा सडक दुर्घटनामा परि गम्भिर घाइते भएका झापा जिल्ला कन्काई नगरपालिका -३ सुरुङ्गाका जीवन राना १५ जनवारी २०१७ मा फुजैराह हस्पिटल बाट डिस्चार्ज भएका छन । २१ दिन लामो उपचार पछी स्वास्थ्यमा क्रमिक सुधार आउन थालेपछि घाइते रानालाई डिस्चार्ज गरिएको जानकारी दुर्घटना भएकै दिन देखि आफ्नो रोजगारीको प्रवाह नगरी रानालाई हस्पिटलमा सहयोग गरेर बस्नुभएका पुजन खरेलले जानकारी दिनुभएको छ ।

शुरुमा उनलाई सारजाह हस्पिटलमा भर्ना गरीए पनि थप उपचार तथा शल्यक्रियाका लागि उनलाई फुजैराह हस्पिटल लागिएको थियो । ब्याक बोन्स दुईवटै भाँचिएको हुनाले केहिदिन पहिले शल्यक्रिया गरि स्टिल राखिएको र सो स्टिल २ बर्सपछी शल्यक्रिया गरेर नै निकाल्नपर्ने डाक्टरको सल्लाहा रहेको जानकारी प्राप्त भएको छ भने दाहिने खुट्टा तिन महिना सम्म हिँडडुल तथा अन्य कुनैपनि कार्यका लागि प्रयोग नगर्न घाइते रानालाई डाक्टरले सचेत गराएका छन ।

जीवन राना दुर्घटना पश्चात उनको उपचारमा उनी कार्यरत कम्पनीले बेवास्ता गरेपछि गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईका उपाध्यक्ष रमेश श्रेष्ठ संयोजक रहेको र अन्य विभिन्न व्याक्ति तथा संघ, संस्था उप संयोजक तथा सह संयोजक रहेको समिती बनाएर उपचारारर्थ लाग्ने रकम जुटाउन जीवन राना सहयोग अभियान नै चलाइएको थियो भने स्वत: स्फुर्त समेत आर्थिक सहयोग जुटेको थियो ।

हालसम्म गैर आवासिय नेपाली संघ युएईका तर्फबाट रमेश श्रेष्ठबाट ४५०० दिरामको चेक बिरामीको नाममा प्राप्त भएको, झापाली समाज युएईको तर्फबाट संकलन गरिएको विनिता विमलि द्वारा हस्तान्तरण ४११० दिराम, ईनास यूएईका राम तामाङ द्वारा हस्तान्तरण ६३० दिराम, झापाली समाज यु.ए.ई. को तर्फबाट संकलन गरि समाजका अध्यक्ष मोहन शिवाकोटी तथा गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईका प्रतिनिधि द्वारा हस्तान्तरण ८०४० दिराम, ओएसिस वाटर कम्पनीको तर्फबाट ओम राना मगर द्वारा हस्तान्तरण १८०० दिराम, बहुउद्देश्यीय सहकारीबाट प्राप्त १००५ दिराम, एस एस टावरबाट प्राप्त ५६० दिराम, गैर आवासिय नेपाली संघका युएई अन्तर्गत फुजैराह क्षेत्रमा रहेका व्याक्तिहरुबाट संकलित ५२०० दिराम प्राप्त भएको घाइते जीवन राना तथा उनका सहयोगी पुजन खरेलले जानकारी दिएका छन ।jeven 2

तर उपचारको शुरुवातमा गैर आवासिय नेपाली संघ युएई द्वारा प्रदान गरिएको चेक भने अझैपनि जस्ताको तस्तै रहेको र सो सटही गर्न जान सक्ने अवस्था बिरामीको नरहेको बताइएको छ । हालसम्म गैर आवासिय नेपाली संघ युएई द्वारा कति रकम जीवन राना सहयोग अभियानमा संकलन भएको छ वा छैन कुनै जानकारी नभएको पुजन तथा जीवनले बताएका छन । शुरुमा पैसा थिएन, प्राप्त चेक साट्न सक्ने अवस्था बिरामीको थिएन तरपनि सहयोगी हातहरुको सहयोगले उपचार खर्च अभाव भएन एकै स्वरमा जीवन र पुजनले भने ।

यसैबिच गत १४ जनवारी शनिबारका दिन एमाले जन संगठन प्रवासी नेपाली मंच युएईको टोलीले घाइते जीवन रानालाई फुजैराह हस्पिटलमा गएर स्वास्थ्य अवस्थाको जानकारी लिदै संकलित रकम १८०१ दिराम आर्थिक सहयोग हस्तान्तरण गरेको छ । प्रवासी नेपाली मंच युएईका अध्यक्ष श्याम कडेलको टोलीमा, महासचिव भेसराज ढकाल, निवर्तमान अध्यक्ष प्रकाश कोइराला, युएई भ्रमणमा रहनुभएका नेकपा एमाले उद्योग व्यवसायी महासंघका उपाध्यक्ष एल.पी साँवा लिम्बु लगायतका एमाले कार्यकर्ताको उपस्थिति रहेको थियो । सो बखतमा मंचका अध्यक्ष श्याम कडेलले आफुहरु आगामी कार्यक्रमका लागि व्यस्त रहदारहदै पनि मंचको तर्फबाट सहयोग गर्न आएको र यो सहयोग कुनै कोषको निमित्त नभई जीवन रानाको निमित्त नै भएको स्पस्ट पारेका थिए । एमाले नेता एल.पी साँवा लिम्बुले यदि रानाले नेपालबाट रोजगारिमा आउँदा विमा गरेको र त्यो समयावधि समाप्त नभएको भए विमा कम्पनीबाट समेत सहयोग पाउने र त्यसका लागि आफुले सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । jeven 3

रोटाना फर सेक्युरिटी एण्ड गार्डिङ्ग कम्पनीमा सेक्युरिटी गार्डमा कार्यरत जीवनको आजबाट घर फर्कने प्रक्रिया मिलाउन कम्पनीलाई अनुरोध गर्ने कम्पनीका कामदार तथा उनका हितैसी पुजनले जानकारी दिएका छन । आफुलाई आर्थिक सहयोग गरेर जीवन दिने सम्पूर्ण सहयोगी संघ, संस्था, व्याक्तिहरु तथा समस्त सबैलाई जीवन रानाले आफु जिन्दगीभर सहयोगको ऋणी भएको प्रतिक्रिया दिँदै हार्दिक धन्यवाद दिएका छन साथै उनले आफुलाई शुरुको दिन देखि हस्पिटलको डिस्चार्ज हुने समय सम्म आफ्नो जागिरको प्रवाह नगरी गार्जनले जस्तै ख्याल गर्ने साथी पूजनको गुन कहिल्यै तिर्न नसक्ने बताएका छन ।

झापाली समाज युएई कि विनिता बिमलिले समाजको नामबाट गरिएका सामाजिक कार्यहरुले सबैको मन छोएका र आउने दिनमा अझ मन, वचन र कर्मले सेवा पुर्याउने प्रतिबद्दता व्यक्त गर्दै रानाको नाममा संकलन भएको रकम रानाले नै पाउनुपर्ने भन्दै उनको स्वास्थ्य लाभको कामना गरेकी छन भने भर्खरै समाजको प्रथम अधिवेशन सम्पन्न गरेको अर्को झापाली समाज यु.ए.ई. का निवर्तमान कार्यवाहक अध्यक्ष मोहन शिवाकोटीले झापा क्षेत्रका सामाजिक कार्यमा र युएईमा विभिन्न समयमा विभिन्न समस्यामा परेका झापालीहरुलाई निरन्तर सहयोग हुँदै आएको र अब पनि त्यो जारि रहने बताएका छन ।

 

 

Views: 169

प्रतिक्रिया (०)