Aamsanchar

दुई महिने ट्रायलका लागि बिमल स्पेन जाँदै

Author Image
सोमवार, माघ ३, २०७३

काठमाडौंः

bimal-gharti-magar

नेपाली राष्ट्रिय टोलीका युवा स्ट्राइकर बिमल घर्ती मगर दुई महिने ‘ट्रायल’का लागि स्पेन जाँदै छन्। स्पेनिस क्लबमा ‘ट्रायल’ दिन बिमल सोमबार स्पेनको राजधानी मड्रिडका लागि उड्न लागेका हुन्।

यसअघि बिमलले नेदरल्याण्डसको क्लब एण्डरलेचमा पनि ट्रायल दिएका थिए। गत वर्ष बेल्जियमको क्लब ब्रुग केभीबाट व्यवसायिक फुटबल खेलेका विमल स्पेन जान लागेका हुन्। स्पेनमा रहँदा बिमलले मार्बेला युनाइटेडमा करिब दुई महिना अभ्यास गर्ने छन्।

मार्बेला क्लब स्पेनिस फुटबलको तेस्रो श्रेणीको क्लब हो। बिमलसँगै नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अनन्त तामाङ र अन्जन विष्ट पनि स्पेन जाँदैछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर