Aamsanchar

आठ प्रदेश हुनुपर्छ : गच्छदार

Author Image
मङ्गलवार, माघ ४, २०७३

इनरुवा।

Nepal_and_Nepal-586c5c5f2e4be5.67645542

परिर्माजनसहित संविधान संशोधन नभएसम्म निर्वाचन सम्भव नरहेको मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले बताउनु भएको छ ।

मधेसी जनाधिकार फोरम क्षेत्रीय समिति क्षेत्र नम्बर ४ सुनसरीले आज सुनसरीको मध्यहर्षाही गाविसमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहँुदै अध्यक्ष गच्छदारले जनताको माग र अधिकार सुनिश्चित नभएसम्म निर्वाचन नहुने र त्यसका लागि संविधान परिमार्जनसहित संशोधन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

गच्छदारले संविधान संशोधन र निर्वाचन नभएसम्म मुलुकमा अस्थिरता कायम रहने भएकाले पहिला संशोधन र त्यसपछि निर्वाचन गर्नुपर्नेमा जोड दिनु भयो ।

उहाँले वर्तमान सरकारमा फोरम लोकतान्त्रिक जाने कुरा हल्ला मात्रै भएको बताउनु भयो । उहाँले संविधान संशोधन गरी सात प्रदेशबाट आठाँै प्रदेश बनाउनुपर्ने तर्क गर्नुभयो ।

गच्छदारले संविधानमा सबैको अपनत्व नभएसम्म कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउनुहँुदै संविधान कार्यान्वनका लागि सबै आदिवासी जनजाति, मधेसी मुस्लिमको माग सम्बोधन गर्न समेत आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर