Aamsanchar

मन्त्री बुढाथोकीद्वारा नहर शिलान्यास

Author Image
मङ्गलवार, माघ ४, २०७३

भद्रपुर ।keshab kumar buda

समान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले ंिसँचाइले कृषकलाई जीवन दिने भएकोले यसको गुणस्तरमा विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।

झापाको टाघनडुब्बा गाविसमा मझौला सिँचाइ आयोजना अन्तर्गत निर्माण हुन लागेको सिँचाइ उप–आयोजनाको आज शिलान्यास गर्दै उहाँले सिँचाइकै उपयोगबाट कृषकको मुहार फेरिने र राष्ट्र निर्माणमा बल पुग्नेमा जोडदिनुभयो ।

टाघनडुब्बामा रु १४ करोड, शरणामतीमा रु १२ करोड, कुमरखोदमा रु १२ करोड र झापा बजारमा रु ११ करोड लागतमा खानेपानी योजना सुरु गर्न बजेट विनियोजन भएको छ ।

रु तीन करोड ८४ लाख ८७ हजार लागतमा निर्माण हुने तीन किलोमिटर लामो नहर निर्माण भई २५० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने सिँचाइ डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारीले जानकारी दिनुभयो । सो नहरको आगामी २०७५ साल असार महिनाभित्रमा निर्माणकार्य सम्पन्न हुने छ ।

सामान्य प्रशासन मन्त्री बुढाथोकीले आजै सानोमाई सिँचाइ उप–आयोजना जल उपभोक्ता समितिको निर्माणाधीन भवनको शिलान्यास गर्नुभयो । उक्त भवन निर्माणका लागि स्थानीयवासी मदन मुर्मुले एक कठ्ठा जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर