Aamsanchar

सोलुखुम्बुमा लेक लागेर एक जनाको मृत्यु

Author Image
मङ्गलवार, माघ ४, २०७३

सोलुखुम्बु।

sagarmatha1
सोलुखुम्बुको खुम्जुङ्ग गा.बि.स. ७ स्थित लुक्लामा लेक लागेर एक नेपालीको मृत्यु भएको छ।

सँस्कृती तथा पर्यटन मन्त्रालय अन्तरगत पर्यटन बिभाग पर्वतारोहण शाखा राष्ट्रिय संग्राहलयमा कार्यरत सहायक पथ प्रदर्शक भोजपुर गुप्तेश्वर गाविस १ घर भएका पदम जंग राईको लेक लागेर मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ।

सगरमाथा बेश क्याम्पबाट फर्कनेक्रममा विरामी परेका राईलाई उपचारकालागी पासाङ ल्हामु अस्पताल ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको भन्ने जानकारी इलाका प्रहरी कार्यालय लुक्लामा मंगलबार दिउँसो प्राप्त भएको हो। राईको शव सोही अस्पतलामा रहेको प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर