Aamsanchar

जन्मदिनमा अपाङ्ग बालबालिकालाई सहयोग

Author Image
बुधवार, माघ ५, २०७३

काँकडभिट्टा ।apanga

सन्तानको जन्मोत्सव र पितृको स्मृतिमा धाइजन–८ का दिनेश प्रसाईं र दीपा केसीले अपाङ्ग बालबालिकालाई रु ५० हजार बराबरको सहयोग दिएका छन् ।

शनिअर्जुन–५ कप्तानबाडीस्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा आश्रय लिइरहेका आठजना बालबालिकालाई मङ्गलबार उक्त सहयोग हस्तान्तरण गरिएको हो ।

सहयोगमा नगद रु ५० हजारसहित १० थान डसना, १० थान बेड सिट, ३० केजी दाल, चार कार्टुन खानेतेल, एक बोरा नुन, १० केजी चना मटर, २० केजी चिनी, चार केजी मसला, एक कार्टुन साबुन, एक कार्टुन बिस्कुट, दुई केजी चियापत्ती, खेलौना र पेन्टिङका सामानलगायत रहेको छ ।

पाँचजना बालिका र तीनजना बालकलाई छोराछोरीसरह आश्रय प्रदान गरिरहेका अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रका अध्यक्ष कृष्ण दुलालले संस्थाको आफ्नै जग्गा र भवन भए असहाय बालबालिकाको भविष्य सुरक्षित हुने धारणा राख्दै हाल दाताले दिएको सहयोगबाटै बालबालिकाको भरणपोषण र शिक्षादीक्षा चलिरहेको बताउनुभयो ।

Views: 140

प्रतिक्रिया (०)