Aamsanchar

महिलाहरुलाई केन्याकी सांसद्को आह्वान,’ नो भोट, नो सेक्स !’

Author Image
बुधवार, माघ ५, २०७३

एजेन्सी, 

election

केन्याकी एक महिला सांसद्ले मतदाता सुचिमा नाम नलेखाउने आफ्ना श्रीमानहरुसँग यौन सम्पर्क नराख्न महिलाहरुसँग आग्रह गरेकी छिन्। ८ अगस्टमा हुने निर्वाचनका लागि केन्यामा १७ फेब्रअरीसम्म मतदाता नामावलीमा नाम दर्ता गराउने समय तोकिएको छ।

‘तपाईहरुले अपनाउन सक्ने यो सबैभन्दा राम्रो रणनिति हो। उनीहरुले भोटर्स कार्ड नदेखाएसम्म यौन सम्पर्क राख्न नदिनुस्,’ मिसी एमबोकोले भनेकी छिन्। मोम्बासाको समून्द्री शहरकी महिला प्रतिनिधि मिसीले भोटर लिस्टमा नाम लेखाउन नचाहने पुरुषहरुलाइ नाम लेखाउनका लागि अभिप्रेरित गर्न सेक्स महत्वपूर्ण हतियार साबित हुने बताएकी छिन्।

मिसी आबद्ध विपक्षी दल ओडिएमसहितको गठबन्धनले उरु केन्याथ्यालाई दोस्रो कार्यकालमा राष्ट्रपति बन्‍नबाट रोक्नका लागि कसरत गरिरहेको छ। मिसीले विपक्षी गठबन्धनले चुनाव जित्न सक्ने संभावना बलियो रहेको बताएकी छिन्। केन्याको राजनीतिमा यौन हड्ताल नौलो विषय होइन ।

यसअघि सन् २००९ मा तत्कालीन राष्ट्रपति, प्रधानमन्त्री र उनीहरुको गठबन्धन संकटमा परेका बेला महिला अधिकारकर्मीहरुले एक सातासम्म यौन हड्ताल आव्हान गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर