Aamsanchar

ट्रयाक्टर दुर्घटना हुँदा तीनको मृत्यु

Author Image
बुधवार, माघ ५, २०७३

जनकपुर,

accident-700

धनुषामा ट्रयाक्टर दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । जनकपुर–धनुषाधाम सडक खण्डको धनुषाधाम नगरपालिका–१ इनर्वामा ज १ त २६५९ नम्बरको ट्रयाक्टर मंगलबार दुर्घटना भएको हो ।

तीब्र गतिका कारण ट्रयाक्टर दुर्घटना हुँदा  चालक धनुषाधाम नगरपालिका–१ गोबिन्दपुरका २५ वर्षका श्रीनारायण सदा, सिरहा गोलबजारका २२ वर्षकी निजनी खातुन र उहाँकी १८ महिनाकी छोरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

शवलाई पोष्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालामा राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर