Aamsanchar

शिक्षकले राजनीति गर्न पाउनुपर्ने माग

Author Image
बुधवार, माघ ५, २०७३

काठमाडौँ।

tichar

नेपाल शिक्षक महासङ्घले शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था हटाउन माग गरेको छ ।

शिक्षामन्त्री धनीराम पौडेलसँग आज शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै महासङ्घले शिक्षकलाई राजनीतिक दलको सदस्यता लिएमा अवकाश दिने र शिक्षा विभागबाट सोझै शिक्षकको सरुवा गर्न सक्ने जस्ता प्रावधान शिक्षा नियमावलीमा नल्याउन आग्रह पनि गरेको छ । विगतमा सहमति भएका पेसागत हितका विषय सम्बोधन गर्न पनि माग गरिएको महासङ्घका महासचिव तिलक कुँवरले जानकारी दिनुभयो ।

शिक्षा ऐन (आठौं संशोधन), २०७३ मा शिक्षकले राजनीतिक दलको कुनै समितिको कार्यसमितिमा बस्न नपाउने व्यवस्था रहेको तथा त्यसको कार्यान्वयनका लागि नयाँ नियमावली जारी हुने तयारीमा छ । महासङ्घका अध्यक्ष केशव निरौलाको नेतृत्वको प्रमण्डलले दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले शिक्षकका माग र सरोकारप्रति मन्त्रालय सकारात्मक भएको बताउनुभएको थियो ।

महाधिवेशनको तयारी
महासङ्घको प्रथम महाधिवेशन आगामी जेठ २६ र २७ गते हुने भएको छ । तत्कालीन शिक्षक युनियन महासङ्घमा रुपान्तरण भएपछि हाल तदर्थ समितिले काम गरिरहेको छ ।

महासचिव कुँवरका अनुसार यसै वर्षको चैतभित्र जिल्ला अधिवेशन पूरा गरेर महाधिवेशन गरिनेछ । महासङ्घमा सामुदायिक र निजी विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीका विभिन्न १७ घटक आबद्ध छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर