Aamsanchar

ठूलो परिमाणमा कोरेक्ससहित दुई पक्राउ

Author Image
बुधवार, माघ ५, २०७३

राजविराजः

lagu-ausadh

सप्तरीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध कोरेक्ससहित दुई युवकलाई बुधबार पक्राउ गरेको छ ।

भारतबाट ल्याउँदै गरिएको लागुऔषध कोरक्ससहित भारत सुपौल भगवानपुर ग्राम पञ्चायत १० का शिवनन्दन पोदार र सप्तरीको हनुमाननगर योगिनिमाई ८ का जावेद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिवेश लोहनीले जानकारी दिए ।

बिआर ५० इ ८५३८ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा हनुमानगर योगिनीमाई ८ स्थित कोशी पलारमा कोरेक्सका तीन सय बोतल बरामद गरिएको हो ।

यसअघि प्रहरीले गत मंसिर १५ गते सोही ठाउँमा चार सय बोतल कोरेक्ससहित हनुमानगर योगिनीमाई ४ का सिताराम चौधरी र जगदिस सदालाई पक्राउ गरी कारवाही गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर