उर्लाबारी ।

मोरङको विराटनगर–२२ स्थित रघुपति जुट मिलमा आगलागी हुँदा रु छ लाख बराबरको क्षति भएको छ ।

मिलको स्पिनिङ शाखाको विद्युत् लाइन सर्ट भएर आगलागी भएको हो । आगलागीबाट चार थान स्पिनिङ मेसिन र छ टन तयारी कोप जल्दा रु छ लाख बराबरको क्षति भएको मोरङ प्रहरीले जनाएको छ ।

आगोलाई सोही मिलमा काम गर्ने मजदुरले नियन्त्रणमा लिएको थिए ।

Views: 139

