Aamsanchar

अव्यवस्थित नदीजन्य सामग्री उत्खननले सयौं विगाह जमिन बाँझिदै

Author Image
शनिवार, माघ ८, २०७३

(सुरेन्द्र भण्डारी)
झापा।

विरिङ खोलाबाट मापदण्ड विपरित नदीजन्य साम्रगीको उत्खनन् गरेका कारण उत्तरी झापाको वुधवारे र खुदुनावारीको सयौं विगाह जमिन वाँझिने अबस्थामा पुगेको छ ।
वर्षेनी विरिङ खोलाबाट जदीजन्य सामग्री उत्खनन् हुँदै आएको र यसवर्षपनि सोही प्रक्रिया दोहोरिएकाले यहाँका वीस भन्दा बढी पैनी सुकेका छन् । जसका कारण यस क्षेत्रको दुई हजार विगाह भन्दा बढी जमिनमा धान खेती हुन छाडेको वुधवारे–२ निवासी तुलशा थापाले बताउनुभयो । उहाँका अनुसार नदीजन्य सामग्री स्काभेटर प्रयोग गरेर खोतलेर निकालेपछि खोला गहिरिएका कारण पैनीको मुहानमा भ¥याङ लगाएर चड्नुपर्ने अबस्था सृजना भएको छ ।

त्यस क्षेत्रमा सञ्चालनमा आएका पैनीमध्ये नेपालटार पैनी गतवर्षबाट सञ्चालनमा आउन नसक्दा वुधवारे–२ को एक सय ३५ विगाह भन्दा बढी जमिनमा धान खेती प्रभावित भएको छ । खोला गहिरिएर पैनीमा पानी नचडेपछि त्यहाँका अधिकांश कृषकले धानको सट्टा अन्य वाली लगाएका छन् । कोही कोहीले भने आकासे पानीको भरमा धान खेती गरेपनि सिञ्चाई अभावले धान नफलेपछि त्यहाँका कृषक आन्दोलित बनेका छन् ।
जिल्ला विकास समिति झापाले जिल्ला अन्र्तगत वहने विरिङ टाङटिङ्ग खोलाको चालू आर्थिक वर्षमा तीन करोड २५ लाख रुपैयाँमा नदीजन्य सामग्री उत्खनन, संकलन, घाटगद्दी र विक्री वितरणका लागि ठेक्का लगाएको छ । गौरादह – १ निवासी जगतवहादुर राईको सामसुहाङ विल्डर्सलाई जिविसले विरिङ खोलाको नदीजन्य सामग्री उत्खनन्का लागि ठेक्का लगाएपनि मापदण्ड भन्दा तीन गुणा वढी गहि¥याएर खोलाबाट नदीजन्य सामग्री निकालेपछि त्यस क्षेत्रमा पानीको समस्या भएको बताइएको छ ।

खोला गहिरिएपछि त्यस क्षेत्रमा सिंचाइका लागि मात्र होइन खानेपानीको मुहान पनि सुकेकाले सिंगो गाउँनै समस्यामा परेको छ वुधधवारे– २ निवासी नेत्र न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो– खोला गहिरिदा इनार र ट्युवेल सुकेर खानेपानीको समस्या आएको छ , सरकारी निकाय वेखवर बन्दा यहाँका झण्डै १५ हजार जनसंख्या प्रत्यक्ष मारमा परेका छौं । आफ्नो दुई विगाह १७ कठ्ठा खेत सिंञ्चाइको अभावमा रोप्न नपाएको बताउँदै उहाँले भन्नुभयो गत वर्ष त जसोतसो आकासे पानीको भरमा खेत रोपियो तर अब खेत रोप्न सकिदैन।

उहाँ जस्तै समस्यामा हुनुहुन्छ सोही ठाउँ निवासी हरिप्रसाद घिमिरेपनि । उहाँको पनि नेपाल पैनीले सिञ्चाई गर्न मिल्ने तीन विगाह खेत छ । हरेक वर्ष डेढसय मन भन्दा बढी धान फल्ने खेतमा सिञ्चाई अभावमा आकासे पानीको भरमा धान रोप्दा यसबर्ष ३० मन मात्र धान फलेको छ । धानखेती गर्दा लागेको लागतको आधा मूल्यपनि नउठेपछि आफ्नो परिवारमा यही वर्षबाट भोकमारी लागेको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ – खेत रोप्दा लागेको ऋण अब के ले तिर्न ? सिञ्चाई अभावका कारण धान खेती योग्य जमिनमा मकै र कोदो रोपेको दुखेसो सुनाउँदै उहाँ भन्नुहुन्छ– खोलामा पानीको सतह माथि हुँदापो जमिनमा चिस्यान आउँदो रहेछ, अहिले खोला गहि¥याएर सहत भन्दा १० फिट मुनि पु¥याए खेतमा चिस्यान नहँदा झारसम्म उम्रिदैन ।
नदीजन्य सामग्री उत्खनन्को ठेक्का लिएको ठेकेदार कम्पनीले मापदण्ड विपरित काम गरेका कारण पाग्रे,हात्ती किल्ला, गिद्दे, होक्से, लक्ष्मी विरिङ,सुब्बा,जोर पैनी, नेपालटार पैनी, निरोल्नी पैनी पूर्ण रुपमा सुकेका छन् । ती पैनी सुक्दा त्यसक्षेत्रको दुई हजार विगाह खोती योग्य जमिन वाँझिने अबस्थामा पुगेको वुधवारे गाविस सचिव वाशुदेव भट्टराईले बताउनुभयो । उहाँले वुधवारेको जनसंख्या २५ हजार रहेको र दुई तीहाई भन्दा बढी जनसंख्या यो समस्याबाट पीडित छन् भन्नुभयो ।
नदीजन्य सामग्री उत्खनन्का लागि ठेक्का पाएको ठेकेदार कम्पनीले मध्यरातमा पनी अहिले मनोमानी रुपमा ढुङ्गा, गिटी वालुवा निकालेपछि त्यस क्षेत्रका स्थानीयवासी आक्रोसित भएका छन् । उनीहरुले पटक – पटक जिविसलाई यस विषयमा जानकारी गराएपछि अनुगमनका लागि पुगेको स्थानीय विकास अधिकारी खेमराज ओझा सहितको टोलीलाई ठेकेदारलाई जोगाएको भन्दै दुई दिन अघि ढुङ्गा प्रहार गरेका थिए ।
अहिले पाग्रे वाँधदेखि विन्धुली वाँधसम्मको क्षेत्रफलमा खोलालाई तीन मिटरभन्दा बढी गहिर्याइएको छ । जिल्ला विकास समितिका वातावरण अधिकृत ज्ञानेन्द्र चौधरीका अनुसार सम्झौता अनुसार वढीमा डेढ मिटर सम्म खोला खोततल्न सकिन्छ ।
झापाको उत्तर–दक्षिण बग्ने विरिङ्ग नदीसंग जोडिएका बुधवारे गाविसका १ देखि ५ नम्बर वडा, शनिअर्जूृन नगरपालिका ३, ५ र खुदुनाबारी गासिवका १, २ नम्बर वडाका करिब २ हजार हेक्टर जमिनसहित ४ हजार बढी घरपरिवार प्रभावित हुने अवस्थामा पुगिसकेको स्थानीयबासीको भनाई छ ।

ठेकेदारलाई कारवाही गर्छौं –सहायक प्रजिअ निरौला
विरिङ्ग नदीमा स्काभेटर प्रयोग गरी भइरहेको उत्खन्नको बिषयमा जिविस र स्थानीयवीच बल्झिएको विवाद समाधनका लागी जिल्ला प्रशासन कार्यालय झापाले चासो देखाएको छ । जिल्ला प्रशासन कार्यालय झापाले बिरिङ्ग नदीमा नदीजन्य सामाग्री उत्खन्नमा देखिएको समस्या समाधनका लागि प्राविधिक टोली गठन गरेसंगै विवाद समाधानका लागि चासो देखाएको हो ।
खुदुनाबारी १ र २ मा पर्ने विरिङ्ग नदी आसपासका स्थानीयबासी, ठेकेदार र जिविस कर्मचारी बीच विवाद सृजना भएपछि जिल्ला अनुगमन तथा समन्वय समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले प्राविधिक टोली गठन गर्नुभएको छ ।
प्रजिअ खत्रीको संयोजकत्वमा बसेको वैठकले तराई– मधेश चुरे संरक्षण विकास समिति सलकपुर इकाईको संयोजकत्वमा ६ सदस्य प्राविधिक समिति गठन गरिएको छ । जसमा जिल्ला वन, सिंचाई, भू–संरक्षण, जनताको तटबन्धन, जल उत्पन्न प्रकोप र जिविसका वातावरण अधिकृत सदस्य सचिव रहेका छन् ।
विवाद समाधानका लागि प्राविधिक टोली गठन भएसंगै सहायक प्रमुख जिल्ला अधिकारी डम्मरुप्रसाद निरौलासहितको टोलीले सो क्षेत्रको निरीक्षण गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्मा सहितको टेलीले गरेको अनुगमनका क्रममा आगामी दिनमा जथाभावी रुपमा नदीजन्य साम्रगीको उत्खनन् गर्न नदिने र त्यस्तो पाइए कारवाही प्रक्रिया अघि बढाइने बताइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले मापदण्ड विपरित जथाभावी नदीजन्य सामग्री उत्खनन्मा सम्लग्न ठेकेरादलाई कारवाही गर्ने स्थानीयवासीलाई बताउनुभएको छ । उहाँले अव्यवस्थित उत्खनन्का कारण पुगेको क्षतिको विवरण संकलनका लागि स्थानीयवासीलाई आग्रह समेत गर्नुभएको छ ।

Views: 195

प्रतिक्रिया (०)