Aamsanchar

‘अब विदेशीले होइन, अमेरिकीले यस देशलाई बनाउँछन्’

Author Image
शनिवार, माघ ८, २०७३

काठमाडौँ:

७० वर्षीय डोनाल्ड ट्रम्पले शुक्रवार राति नेपाली समयअनुसार १० बजेर १५ मिनेटमा अमेरिकाको ४५ औँ राष्ट्रपतिका रुपमा शपथ लिएका छन् ।

राजधानी वासिङ्गटनमा भएको एक विशेष समारोहमा अमेरिकाका मू‍ख्य न्यायाधीश जोन रोबर्ट्सले उनलाई पद तथा गोपनीयताको सपथ दिलाए । सपथपछिको मन्तब्यमा ट्रम्पले भने, ‘चुनौती आउनेछन्, तर हामी यिनलाई पनि चिरेर अमेरिकाको सपना पुरा गर्नेछौँ ।’

राष्ट‍्रवादी भाषण दिने क्रममा यसअघि आफूमाथि भइरहेका आलोचनालाई चिर्ने धेरै प्रयास गरे । उनले भने, ‘हाम्रा लागि केबल अमेरिका पहिलो प्राथमिकता हुनेछ ।’

उनले अमेरिकीलाई कहिल्यै निराश हुन नदिने बताए । ‘म कहिल्यै तपाईँहरुलाई निराश हुन दिन्न, अमेरिकाले फेरि जित्नेछ । यो जित यस्तो हुनेछ जुन यसअघि पहिले कहिल्यै भएको थिएन ।’

उने आफूहरु पुरा एजेन्डाका साथ पुनरागमन गर्ने पनि दाबी गरे । ‘हामी फेरि एक पटक योजनासहित आउनेछौँ । हामी हाम्रा सिमानालाई बलियो बनाउँछौँ । हामी आफ‍्नो सपनालाई फैरि ब्युत्याउनेछौँ ।’

उनले अमेरिकीलाई सपना बाँड्ने क्रममा नयाँ सडक, नयाँ सुरुङ, एयरपोर्ट र पुल बनाउने पनि बाचा गरे । ‘हामी हाम्रा मानिसका लागि फेरि काम गर्नेछौँ । हामी हाम्रो देशलाई अमेरिकी हात र अमेरिकी मदजुरबाटै विकसित गर्नेछौँ । हामी एउटै सुत्रमा काम गर्छौँ । अमेरिकीबाट, अमेरिकनका लागि ।’

ट‍्रम्पले इस्लामिक आतङ्कवादविरुद्ध कडारुपमा प्रस्तुत हुने संकेत गरेका छन् । ‘हामी इस्लामिक आत‍ंकवादलाई पुर्णरुपमा समाप्त गर्नेछौँ ।’

उनले अब आफूहरु केबल भविष्यतर्फमात्रै देख्ने बताउँदै अमेरिकी जनतालाई पटक पटक आफ्नो जितको जस दिए । ट्रम्प अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरका राष्ट्रपति हुन् । यसका अलावा ६० वर्षमा राष्ट्रपति बनेका उनी दोस्रो गैरराजनीतिक पृष्ठभूमिका व्यक्ति हुन् ।

ट्रम्पको सपथ समारोहका लागि अमेरिकाले करिब १८ सय करोड रुपैयाँ खर्च गर्यो । सपथ समारोहमा करिब ९ लाख मानिस प्रत्यक्ष उपस्थित थिए । तर पनि वासिङ्गटनसहितका कयौँ सहरमा ट्रम्पको सपथ अघि र पछि पनि विरोध भइरहेको छ । कारोबार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 166

प्रतिक्रिया (०)

सम्बन्धित खबर