Aamsanchar

बसको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

Author Image
शनिवार, माघ ८, २०७३

झापा,

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडक खण्डमा शनिबार भएको गाडी दुर्घटनामा परि एक व्यक्तिको ज्यान गएको छ । अर्का एक जना महिला गम्भीर घाइते भएकी छिन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार ना ७ ख ३८९ नम्बरको  बसले मे १ ह १९ नम्बरको ‘इ’ रिक्सालाई ठक्कर दिँदा इरिक्सा चालक कनकाई नगरपालिका– ८ निवासी ६२ वर्षे लक्ष्मण मगरको ज्यान गएको हो ।

बसको ठक्करबाट इरिक्सामा सवार मगरकी श्रीमती ५५ वर्षे इन्दिरा मगर गम्भीर घाइते हुनुभएको छ । उहाँको विर्तामोडस्थित विएन्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर