Aamsanchar

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषण गरिने

Author Image
शनिवार, माघ ८, २०७३

काठमाडौं,

प्रधानमन्त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाका लागि पहल गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

रामप्रसाद राई फाउण्डेसनद्वारा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘रामप्रसाद राई’ नामक पुस्तकको विमोचन गर्दै उहाँले संखुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथान्कासम्मको कोसी राजमार्गलाई रामप्रसाद राई मार्ग घोषणाका लागिसमेत पहल गर्ने आश्वासन दिनुभयो ।

प्रधानमन्त्री दाहालले देश र नागरिकका लागि बलिदान दिने सपुतहरुको जीवन गाथालाई पाठ््यपुस्तकमा समावेश गर्न फाउन्डेसनले गरेको आग्रह सकारात्मक भएको पनि बताउनुभयो ।

स्व रामप्रसाद राई भोजपुर निवासी थिए । उहाँले १०४ वर्षे निरंकुश राणाशासन र २००७ सालको क्रान्तिका लागि लडेका थिए । स्व राईको व्यक्तित्वलाई स्मरण गर्ने अभिप्रायबाट भोगिराज चामलिङ्ले लेख्नुभएको ‘रामप्रसाद राई’ नामक उक्त कृति ४७२ पेजमा प्रकाशित छ ।

फाउन्डेसनका अध्यक्ष स्व राईकी सुपुत्री लक्ष्मी राईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पूर्वमन्त्री सुरेन्द पाण्डे र अशोक राइले स्व राईको व्यक्तित्वका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर