Aamsanchar

स्वास्थ्य महोत्सवमा ९० वर्षीय वृद्धपनि

Author Image
आइतवार, माघ ९, २०७३

[सुरेन्द्र भण्डारी ]
इटाभट्टा।

स्वास्थ्य उपचारका लागि इलामको प्याङ –३ निवासी ९० वर्षीय धनेश्वर काफ्ले शनिवार मेचीनगरको इँटाभट्टा आए । नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार गराउँदा पनि हर्निया रोग निको नभएपछि उनी स्वास्थ्य उपचारका लागि झापा आएका हुन् । यसअघि सोही रोगकका लागि उनले झण्डै २ लाख रुपैयाँ खर्च गरिरहेका छन् । तर, दुई लाख रुपैयाँ खर्च गरिसक्दा पनि रोग निको नभएपछि उनी स्वास्थ्य उपचारकै लागि शनिवार झापा आएका हुन् ।
उनी मात्र होइन, उपचारकै लागि ८२ वर्षीया धुलावारी निवासी तुलसा गौतम पनि इँटाभट्टामा भेटिइन् । घुँडा दुख्ने समस्याबाट लामो समयदेखि पीडित बनेकी उनी एकहातमा लौरो त अर्को हातमा बिरामी जाँच्ने पूर्जा लिएर इँटाभट्टा पश्चिम दक्षिणतर्फको खुल्ला चौरमा आयोजना गरिएको प्रथम स्वास्थ्य महोत्सव समारोह आफ्नो पालो कुदै थिइन् ।  नेपाली कांग्रेसले आयोजनामा स्वास्थ्य महोत्सव समारोहमा उनीहरु मात्र होइन झापासहित मेची अञ्चलका विभिन्न जिल्लााबाट सेवाग्राही त्यहाँ सहभागी थिए शनिवार ।
वरिष्ठ डाक्टर आउने र निःशुल्क स्वास्थ्य जाँच र औषधि उपचार गर्ने सुनेर इलाम निवासी काफ्ले र धुलावारी निवासी गौतम मात्रा होइन, त्यहाँ सयौं जेष्ठ नागरिक सहभागी उपचार गराउन लाम लागेका थिए । गौतमले पनि विभिन्न अस्पतालमा औषधि उपचार गराउँदा घुँडा दु्ख्ने समस्या निको नभएपछि छोराको सहयोगमा लाइन बसेरै पूर्जा काटिन् अनि औषधि उपचारका लागि पलेटी कसेर खुल्ला चौरमा पालो पर्खिरहेकी थिइन् ।
उनीहरुको उपचारका लागि महोत्सवमा जेरियाटिसीयन डा. रमेश कँडेलसहित अन्य चारजना विशेषज्ञ चिकित्सकहरु खटिएका थिए । कँडेलले बुढ्यौलीपनका कारण हुने विभिन्न रोगको पहिचान गर्दै उपचार गरेक थिए । ६० वर्षभन्दा माथिका रोगीको स्वास्थ्य महोत्सव उद्घाटन समारोहको अवसरमा चेकजाँच र औषधि उपचार गरिएको थियो । माघ १४ गतेसम्म सञ्चालन हुने महोत्सवमा २५ हजार जनालाई निःशुल्क स्वास्थ्य उपचार सेवा पु¥याउने लक्ष्य सहित महोत्सवको आयोजना गरिएको छ ।
ग्रामीण क्षेत्रका स्थानीयवासीलाई वढी भन्दा बढी स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको नेपाली कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले बताउनुभयो ।
महोत्सव उद्घाटन समारोहकै दिन ६० बर्ष भन्दा माथिका चारसय सय ६४ जनाले आँखाको मात्रै सेवा लिएका छन् । जसमध्ये एक सय १० जनाको माोतीया बिन्दुको सल्यक्रिया गर्नु पर्ने उपचारमा सम्लग्न चिकित्सकले बताएका छन् । उनीहरुका लागि निःशुल्क शल्यक्रियाको समेत आयोजना गरिएको छ । उनीहरुलाई झापाका विभिन्न आँखा अस्पतालमा निःशुल्क शल्यक्रियाका लागि पठाइएको महोत्सव मूल आयोजक समितिका संयोजक इन्द्रवहादुर बुढाथोकीले बताए ।
महोत्सवमा जेनेलफिजिसियन र विशेषज्ञ सेवाका लागि दशवटा उपचार कक्ष तयार गरिएको छ । पाटन अस्पतालका बुढ्यौली रोगका बिशेषज्ञ डा.रमेश कंडेल, हाडजोर्नी बिशेषज्ञहरु डा. सुरेश उप्रेती, डा. युवराज खरेल, डा. राजिप श्रेष्ठ, डा. आनन्दराज खनाल, डा. प्रेमबहादुर शाही, डा. निराजन पराजुली र डा. भरत तिम्सिनाले महोत्सवमा सहभागीको स्वास्थ्य जाँच गर्नुभएको छ । त्यसैगरी, आयुवेर्दिकमा डा. बिनोद घिमिरे, डा. प्रेरक रेग्मी, जेनेरल फिजिसियन डा. अनुप उप्रेती, डा. सुवेश शौरभ, डा. पिताम्बर ठाकुर र डा. प्रमोद शाह उपचारमा संग्लग्न रहनु भएको छ ।
स्वासप्रस्वास सम्बन्धी बिरामीलाई डा. कबिरनाथ योगीले स्वास्थ्य परीक्षण गर्नुभएको थियो भने आँखाका विरामीलाई मेची नेत्रालय काँकरभिट्टा र काँकरभिट्टा आँखा अस्पतालका चिकित्सकले सेवा दिएका थिए । महोत्सवमा ३८ जनाले रक्तदान गरेका थिए ।
महोत्सवमा रोगका विषयमा पनि समूहगत छलफल  सारंगी र पियानो मार्फत राष्ट्रियगानको धुन वजाएर जातीगत भेषभूषामा सजिएका युवाले वेलुन उडाएपछि महोत्सव उद्घाटन भएको घोषणा गरिएको थियो । कुनै औपचारिक कार्यक्रम विना नै नयाँ शैलीमा उद्घाटन गरिएको महोत्सवमा रोगका विषयमा चिकित्सकसंग समूहगत छलफल समेत भएको थियो ।

‘रोगः अनुभव र अनुभूति’ विषयक छलफल रमेश दाहालको संयोजकत्वमा भएको थियो । छलफलमा कलेजो प्रत्यारोपण गरेका कांग्रेस नेताद्वय उमेशजंग रायामाझी र भक्ति सिटौला त्यस्तै एमाले नेतृ तथा पूर्व सांसद शान्ता चौधरी, मृगौला प्रत्यारोपण गरेका स्थानीय समाजसेवी अरुणकुमार बुढाथोकी र डा. रमेश कडेंलले रोग लाग्न नदिन गरिने प्रयास र रोग लागिसकेपछिका सर्तकता उपायका वारेमा आ आफ्नो धारणा बताएका थिए । महोत्सव उद्घाटन समारोहको सञ्चालन सञ्चारकर्मी सुष्मा राजवंशीले गरेकी थिइन् ।

Views: 168

प्रतिक्रिया (०)