Aamsanchar

भिआइपी आगमनले सरकारी कार्यालय आजित

Author Image
आइतवार, माघ ९, २०७३

दाङ : 

मन्त्री वा कुनै ठूलो नेता आउने हल्ला चल्यो कि दाङ जिविस कार्यालयमा चिन्ता छाउन थाल्छ। चिन्ताको कारण हो- भिआइपीलाई गाडी उपलब्ध गराउनु पर्ने बाध्यता र त्यसले कामकाजमा पार्ने असर।

‘मन्त्रीको पाइला पर्‍यो कि उनको पार्टीका नेता कार्यकर्ताले अघिपछि हिँड्न गाडी नै ताक्छन्,’ जिविसका एक कर्मचारीले भने, ‘गाडीका लागि कतिपय नेता कार्यालयमा ताकेता गर्न आउँछन्।’ सरकारी कामकाजमा व्यस्त रहने गाडी नेताकार्यकर्ता बोक्न प्रयोग हुँदा कामकाजसमेत प्रभावित हुने गरेको उनले बताए।

केही दिनअघि प्रधानमन्त्री पुष्पकलम दाहाल दाङ आउँदा माओवादी केन्द्रका एक स्थानीय नेताले घोराही नगरपालिकाको गाडी चलाए। उक्त गाडीमा कार्यकर्ता भरिभराउ थिए । प्रधानमन्त्री, मन्त्री वा अन्य महत्पूर्ण व्यक्ति जिल्ला भ्रमणमा आउँदा सरकारी सवारी साधन दुरुपयोग हुने अवस्था दाङमा मात्र होइन, तराईका अन्य जिल्लामा पनि छ ।

मध्यपश्चिम र सुदूरपश्चिमको ट्रान्जिट मानिने नेपालगञ्जमा भिआइपी आगमनले बाँके जिल्ला प्रशासन कार्यालयलाई सधैँ तनाव हुन्छ। नेपालगञ्ज विमानस्थल भएर दैनिक एक-दुईजना भिआइपी आइरहन्छन्। – नागरिक दैनिकबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)

सम्बन्धित खबर