Aamsanchar

दिउँसै लुटियो लाख रुपैयाँ

Author Image
सोमवार, माघ १०, २०७३

झापा।

एभरेष्ट बैंकबाट रकम झिकेर बाहिरिँदै गर्दा दिनदहाडै झापाको विर्तामोडमा एक महिला लुटिएकी छिन् ।

इलाम दानाबारी–३ निवासी सञ्चमाया लावती आज दिउँसो लुटिएकी हुन् । उनका साथबाट रु एक लाख लुटेर लगेको पीडित लावतीले बताइन् ।

एभरेष्ट बैंकबाट रु ८२ हजार निकालेको र साथमा बोकेको बाँकी रकमसहित रु एक लाख लुटेर लगेको बताइएको छ । कुममा काउछो दलेर एक व्यक्तिले उनलाई एभरेष्ट बैंक अगाडिबाट लुटेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)

सम्बन्धित खबर